खेमा बस्नेत
धनगढी, २२ असोज । सुदूरपश्चिमाञ्चल बिश्वविद्यालयको नाम परिवर्तन गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले द्वारिकादेवी ठकुरानीको स्मृति बिश्वविद्यालय नामाकरण गरेको छ । नेपालकै पहिलो महिला मन्त्री ठकुरानीको नामबाट बिश्वविद्यालयको नामाकरण भएपछि द्वारिकादेवी ठकुरानी ट्रष्टले स्वागत गरेको छ ।
मन्त्रिपरिषद्को यसकार्यले द्वारीकादेवीले राष्ट्रको लागि पु-याएको योगदानको कदर हुनुको साथै महिला वर्गको सम्मान भएको ट्रष्टको ठहर छ । यसअघि सूदुर पश्चिम विश्वविद्यायको नामबाट सुदूरपश्चिमको कञ्चनपुरमा मुख्य कार्यालय सहित २०६७ सालबाट सञ्चालन हुँदै आएको थियो ।
‘नेपालको प्रजातन्त्रिक आन्दोलन र २००७ सालको जन क्रान्तिका योद्धा, दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारीकादेवी ठकुरानीको स्मृतिमा विश्व विद्यालयको नामाकरण हुुनु स्वागतयोग्य छ’ ट्रष्टका महासचिव तिर्थराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यो कदमले सुदूरपश्चिमको महिला आन्दोलन गौरवान्वित बनाएको छ ।’
विज्ञप्तिमा राष्ट्रका लागि समर्पित हुन वर्तमान र भावि पुष्तालाई प्रेरणा प्रदान गरेको उल्लेख छ । साथै नेपाल सरकारले गरेको यस निर्णयलाई स्वागत र समर्थन गरिदिन देश भरिका महिला अधिकारवादी संघ–संस्था र अधिकारकर्मीहरूलाई समेत ट्रष्टले आग्रह गरेको छ ।
प्रकाशित मिति २०७२ असोज २२ गते शुक्रवार
Comment Here!