महिला सुरक्षा अध्ययन सुरू


प्रकाशित मिति :2015-10-09 14:02:34

महिला खबर

काठमाडौं, असोज २२ । स्थानीयस्तरमा महिलाले उपभोग गर्दै आएको सेवा, सुविधाले उनीहरूको जीवनमा कस्तो प्रभाव परिरहेको छ भन्ने सम्बन्धमा अध्ययन गरिने भएको छ ।

मानव अधिकारका लागि एकल महिला समूह (डब्लुएचआर), यूएन वुमन र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा ‘महिला सुरक्षा लेखाजोखा’ कार्यक्रम आजबाट सुरु गरिएको छ । डब्लुएचआरले स्थानीय महिलासँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रमले प्रभाव र मुल्यांकन गर्न सहज हुने बताएका छन् ।

 समूहका संस्थापक अध्यक्ष लिली थापाले विपदको समयमा विशेषगरी एकल महिलाको सहयोग र सुरक्षाका लागि गरिने कार्यले जीवनमा राम्रो वा नराम्रो प्रभाव पारिरहेको छ भन्ने पुनरावलोकन गर्ने हो भने उनीहरूको अनुभव बुझ्न सजिलो हुने भएकाले यस्तो प्रक्रिया सुरु गरेको बताउनुभयो ।

भूकम्पपछि महिलाको सुरक्षाको लागि गरिएका प्रयासहरू कतिपय अवस्थामा लैंगिक दृष्टिले पनि असुरक्षित बनेकाले यस्ता संवेदनशील विषयमा विभिन्न संस्थाको सहकार्यमा स्थलगत अध्ययन गर्न लागेको थापाले जानकारी दिनुभयो ।

डब्लुएचआरको अध्यक्ष निर्मला ढुंगानाका अनुसार भूकम्पपछिको अवस्थामा विभिन्न संघ संस्थाको पहलमा गरिएको सामाजिक सेवा र सुरक्षाको कार्यहरू महिलाको लागि कत्तिको प्रभावकारी र पहुँचयोग्य थिए भन्ने सम्वन्धमा महिलासँग छलफल गरेर निष्कर्ष सार्वजनिक गरिनेछ ।

मानव अधिकारका लागि एकल महिला समूहले हालसम्म देशभर ११ सय ५० गाविसमा महिला सशक्तिकरणको अभियान संञ्चालन गरेको जानकारी दिएको छ । नेपालमा सञ्चालित यस्तो अभियान दक्षिण एसियामै उदाहरणीय भएको अध्यक्ष  थापाकाे भनाइ छ ।

प्रकाशित मिति २०७२ असोज २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: