३५ जिल्लामा महिला बेचविखनका घटना : एटविन


प्रकाशित मिति :2015-10-09 16:24:49

कविता श्रेष्ठ

काठमाडौ, असोज २२ । महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)ले गरेको सञ्चार अनुगमनले एक वर्षमा १ हजार सातसय महिला बेचविखनमा परेका समाचार प्रकाशित भएको देखिएको छ ।  समूहले २०७१ वैशाख महिनादेखि चैत्र महिनासम्म ५ वटा राष्ट्रिय दैनिकमा गरेको अनुगमनले यस्तो देखाएको हो ।

अनुगमनको क्रममा वैदेशिक रोजगारीको प्रलोभनमा परी भएका बेचविखनका बिषयमा ६ सय १९ वटा समाचार सामाग्री प्रकाशित भएको अनुसन्धानकर्ता प्रभास पोखरेलले जानकारी दिनुभयो । वर्षभरी मानव बेचविखनसँग सम्बन्धित २ सय ९९ वटा र कमलरीका बिषयमा ७६ वटा समाचार सामाग्री प्रकाशित भएका छन् ।

काठमाडौंमा गरिएको ‘छापामा मानव बेचविखन तथा ओसारपसार सम्बन्धमा प्रकाशित सामाग्रीहरूको बिश्लेषण ’ बिषयक कार्यक्रमका बीच उक्त  जानकारी दिइएको हो । अनुगमनले ३५ प्रतिशत प्रकाशित समाचार सामाग्रीमा पीडितको पहिचान गोप्य राखिएको छ, भने १९ प्रतिशत समाचारमा पीडितको नाम खुलाइएको देखाएको छ ।

त्यसैगरी ३१ प्रतिशत समाचार सामाग्रीमा पीडितको नाम गोप्य राखिएता पनि घर, ठेगाना र आमाबुवाका नाम भने खुलाइएको अनुसन्धानले देखाएको छ । एक वर्षमा बेचविखनका बिषयमा ४ प्रतिशत सम्पादकीय र विचार प्रकाशित गरिएको पाइएको छ ।

२०७१ सालमा नेपालका ३५ वटा जिल्लामा बेचविखन सम्बन्धी घटनाहरू घटेकोे अनुसन्धानकर्ता पोखरेलले जानकारी दिनुभयो । बेचविखनमा परेका मध्ये ५० प्रतिशत महिला रहेको उहाँले बताउनुभयो । अधिकांश महिला आफ्नै घर परिवार वा आफन्तबाट बेचिने उहाँको भनाइ छ ।

कार्यक्रममा एट्विनका अध्यक्ष मीना बिष्टले चेलीबेटी बेचविखनबाट सुरू भएको बेचविखनको मुद्धा दिनप्रति दिन अझ चुनौतिपूर्ण हुँदै गएको बताउनुभयो ।  उहाँ सरकारी निकायको ध्यानकार्षण गर्दै यस बिषयलाई गम्भीरताका साथ लिन पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति २०७२ असोज २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: