शिक्षा पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकार महिला पुरस्कृत


प्रकाशित मिति :2015-10-09 16:35:32

निर्मला ठकुराठी
काठमाडौं, असोज २२। नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गर्ने शिक्षा पत्रकारिता पुरस्कार २०७१ बाट बिभिन्न बिधामा २९ जना पत्रकार पुरस्कृत भएका छन्। यी मध्ये ४ जना पत्रकार महिला सम्मानित भएका छन्। सभामुख सुभाचन्द्र नेम्बाङले आज एक कार्यक्रमकाबीच पुरस्कार वितरण गर्नु भएको हो।

७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७१ यस पटक पत्रकार जनक नेपाल बाँके, नारायण किलम्बु र बाबुराम विश्वकर्मा गरि ३ जनालाइ संयुक्त रुपमा प्रदान गरिएको छ।

यसैगरि २५ हजार रुपैयाँ राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार दि हिमालयन टाइम्सकी कोकीला खड्का र पश्चिमाञ्चलबाट नयाँ पत्रिका गुल्मीकी गगनशीला खड्काले पाएका छन्। पाँच विकास क्षेत्र र उपत्यकाबाट गरी ६ जना पत्रकारलाई दिइनुपर्ने सो पुरस्कार संयुक्त रुपमा ११ जना पत्रकारलाइ प्रदान गरिएको छ।

१५ हजार रुपैयाँ राशिको शिक्षा लेखनवृत्ति पुरस्कार नेपाल टेलिभिजन दोलखा संवाददाता मन्दिरा थापा र कान्तिपुर एफएमकी पार्वता चौधरीले पाएका छन।

प्रकाशित मितिः २०७२ असोज २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: