दृष्टिविहिन बालबालिकालाई सहयाेग


प्रकाशित मिति :2015-10-09 16:47:19

निरासी थामी 

दोलखा, असोज २२। कालिञ्चोक उच्चमाविमा अध्ययनरत ११ जना दृष्टिविहिन विद्यार्थीलाई सहयोग स्वरुप पोशाक वितरण गरिएको छ। नजिकिँदै गरेको दशैंतिहारको अवसरमा ६ जना छात्रासहित ११ जनालाई एक/एक थान पोशाक वितरण गरिएको हो।

क्रियाशिल पत्रकार महिला दोलखाले सुजन एण्ड परिता एजुकेशन फाउन्डेशन र माटी निवासी लक्ष्मी बस्नेतको आर्थिक सहयोगमा पोशाक वितरण गरेको हो। समूहले यसअघि पनि दृष्टिविहिन विद्यार्थीहरुलाई कापीकलमलगायतका सामग्री सहयोग गरेको थियो। कार्यक्रममा बोल्दै दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भूकम्पका कारण क्षतिग्रस्त भएको दृष्टिविहिन विद्यार्थी बस्ने आवास तत्काल पनुनिर्माण गर्न आवश्यक रहेको बताउनुभयो।

पराकम्प आइरहेको यो बेलामा पनि उनीहरु धेरै समस्याका बाबजुद जोखिमपुर्ण भवनमा बस्न बाध्य भएकाले सवै मिलेर भवन पुननिर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ। समूहकी अध्यक्ष विनिता शिवाकोटीले समस्यामा परेका बालबालिकाको सहयोगका लागि पहल गर्ने बताउनुभयो।

प्रकाशित मितिः २०७२ असोज २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: