महिलाद्वारा निशुल्क आँखा शिविर सञ्चालन


प्रकाशित मिति :2015-10-11 11:21:03

रमला सिंगक

सुनसरी, असोज २४ । धरानका गृहिणी महिलाले आफै पैसा उठाएर निशुल्क आँखा शिविर सञ्चालन गरेका छन् । धरान बाँझोगरा श्यामचोकका महिलाले आयोजना गरेको निशुल्क शिविरमा विराटनगरको गोल्छा आँखा अस्पताल र तिलगंगा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गरेको आयोजक रेणुका अधिकारीले जानकारी दिनुभयो ।

aakha

शिविरमा सुनसरी र मोरङबाट आएका पाँचसय जना महिला र पुरुषको निशुल्क आँखा परीक्षण गरी अवाश्यकता अनुसार औषधी समेत वितरण गरिएको थियो । आँखा परीक्षण गर्दा ५० जनालाई मोतीबिन्दु देखिएको डा. ङागवङ नमग्याल लामाले बताउनुभयो । मोतीबिन्दु लागेकाको शल्यक्रियाका लागि लाग्ने सबै खर्च आयोजक महिलाले दिने भएका छन्

शिविर सञ्चालनका लागि समूहमा आवद्ध ४५ जना महिलाले जनही रु पाँचसय उठाएको संयोजक सुनिता श्रेष्ठले बताउनुभयो । आँखा रोग सम्बन्धि विषेशज्ञ डा. सिपि आचार्य र डा ङागवङ नमग्याल लामासहित पाँच जना चिकित्सकको टोली दिनभर आँखा परिक्षण गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज २४ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: