५५ जना महिलाको उद्धार


प्रकाशित मिति :2015-10-11 12:03:29

महिला खबर 

कैलाली, असोज २४ । कैलाली त्रिनगर भन्सारबाट वैशाखदेखि यता ५५ जना किशोरीको उद्धार गरिएको छ । माइती नेपाल कैलाली र शान्ति पुनस्थापना केन्द्रले गरी ५५ जना किशोरीको उद्धार गरेको बताएको छ ।

माइति नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले वैशाखदेखि हालका मितिसम्म ४७ जना किशोरीको त्रिनगर सिमा नाकाबाट उद्धार गरेको बताउनुभयो । माइती नेपालमा ५६ जना किशोरीहरूको हराएको भनि निवेदन आएकोमा केही भेटिएको जानकारी दिनुभयो ।

दलालले चेलीबेटी बेचविखनमा नयाँ तरिका अपनाएकोमा कैलाली नाकावाट उद्धार हुने महिलाको कमी देखिए जस्तो भएपनि बढीरहेको चौधरीले बताउनुभयो । उद्धारको तथ्यांकमा गत वर्षभन्दा कमी आएको देखिए पनि बाटो र तरिका छलेर ओसारपसार भइरहेको उहाँको भनाइ छ ।
प्रलोभन देखाएर, प्रेम जालमा पारेर, विवाह गर्ने बाचा गरी हिंसा पीडित महिला, दलित, जनजाति, बेसहारा महिला र आर्थिक अवस्था कमजोर भएका महिला बेचविखनमा पर्ने गरेको संयोजक चौधरीले बताउनुभयो ।

आफन्त तथा चिनजानकै व्यक्तिले ललाई फकाई वैदेशिक रोजगारमा लगाउने बहानामा बेचविखनगर्ने गरेको पाइएको माइती नेपालको भनाइ छ । त्यसैगरी शान्ति पुनस्थापना केन्द्रकी सुपरभाइजर कौलाशु रानाका अनुसार वैशाखदेखि हालसम्म ८ जना किशोरीको उद्धार गरेको छ । उद्धार गरीएका महिला कैलाली, काठमाडौं, धादिङ, मकवानपुरका रहेका छन् ।

प्रकाशित मिति २०७२ असोज २४ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: