फाेहरले कमाउँछ पैसा


प्रकाशित मिति :2015-10-11 12:19:18

चितवनकी तुलसी ज्ञवालीको फोहरलाई मोहर बनाउने अभियान अन्य क्षेत्रका व्यक्तिले पनि सिक्न सक्छन् । यसबाट फोहर व्यवस्थापनको झन्झटमात्र कम हुँदैन, परिवारलाई आत्मनिर्भर हुन पनि सहयोग पुर्‍याउँदछ ।
 
नारायण ढुंगाना

narayan picचितवन । अपरान्हको समय । सिरररर…र, सिरररर.. र सिट्ठी बज्यो । भरतपुर १० की ४८ वर्षीया तुलसी ज्ञवालीलाई सिटी बज्नु र नबज्नुले अर्थ राख्दैन । उनी आफ्नो नियमित काममै व्यस्त थिइन् । ‘सिट्ठी’ फोहर संकलन गर्ने संकेत हो । अन्यत्रबाटै संगालिएको कुहिने/नकुहिने फोहर बोकेर सिट्ठी बजाँउँदै आएको भरतपुर उपमहानगरको ट्रयाक्टर पनि उनको घर अगाडी रोकिएन । फोहर हुँदैन भन्ने कुरा ट्रयाक्टर चालकलाई पनि थाहा छ ।

भरतपुर १० स्याउली बजार आएपछि टेलरमा फोहर राख्ने झन्झट निकै कम हुन्छ । कामदारलाई फोहर उठाउने दुःख पर्दैन । कारण एक मात्रै छ । घरबाट निस्किने फोहर बाहिर फ्याँक्दैनन् महिला । फोहर चिन्छन् र टिप्छन् । सडकमा देखेका फोहर पनि टिप्छन् । घरभित्रका फोहर पनि टिप्छन् । त्यसलाई मोहर बनाउन प्रयोग गर्छन् । ज्ञवाली भन्छिन्, ‘फोहर चिन्न सक्नुपर्छ, यसले मोहर दिन्छ ।’

ज्ञवालीले २०५९ सालबाटै फोहर चिन्न थालेकी हुन् । छरछिमेक र गाउँलेलाई फोहर चिनाउन उनलाई बर्षाै लाग्यो । घरको मात्रै होर्ईन गाउँको फोहर टिप्न समेत उनी कम्मर कसेर लागिन् । शुरुशुरुमा कठिन भएपनि सबैले सिक्दै गएपछि भने फोहर चिनाउन सजिलो भएको तुलसीको बुझाइ छ । अहिले स्याउलीबजार नेपालकै नमुना टोलको रुपमा चिनिएको छ । देश र विदेशका नागरिक उक्त गाउँ घुम्न आउँछन् । मन्त्रीदेखि विदेशी नागरिक हुँदै उच्च ओहदाका अधिकारी पनि तुलसीको फोहर टिप्ने पौरख हेर्न आउने गरेका छन् ।

____ _____ ____ __ ______ _______ ______ _____तुलसी ज्ञवालीको घर भरतपुरको हाकिम चोकबाट जिविस जाने बाटोको विच शाखा मार्गमा पर्छ । उनको घरमा नगरपालिकाको गाडी फोहर उठाउँन आउँदैनथ्यो, चोकमा अरुको घर अगाडी लगेर फोहर राख्नुपथ्र्यो । एक दिनको कुरा हो, उनी सदा झै फोहरको पोको अरुको घर अगाडी राखेर फर्किइन् । विहान उठ्दा त्यही फोहर घरमै आईपुगेछ । ‘कुकुरले बोकेर घरमै ल्याएछ, ज्ञवालीले भनिन्, ‘त्यसदिनबाट मैले फोहर बाहिर नफाल्ने प्रतिज्ञा गरेकी छु ।’ उनको अठोट आज हजार बढीको अठोट बनिसकेको छ । छेउमा रहेकी उनकी आमा सावित्री गौतमले हाँस्दै भनिन् ‘ज्ञान दिनलाई कुकुरले फोहर फर्काएर ल्याएछ, कस्तो ज्ञान दिने कुकुर ।’

त्यसपछि उनले घरमा भएको एउटा ड्रम काटेर फोहर संकलन गर्न थालिन् । केही समयपछि श्रीमान कपिल ज्ञवालीले काठमाडांैबाट २ सय गड्यौलालाई ४ सय हालेर घरमा ल्याए । अनि गड्यौलाले फोहर खाएर मल उत्पादन गर्न थाल्यो ।

त्यही मलको प्रयोग गरेर घरको छत र आँगन हराभरा बनाईन् । एक कान दई कान हुँदै उनको नयाँ अन्वेषण भरतपुर क्षेत्रमै फैलियो । नगरपालिकाले समेत प्रशंसा गर्न थाल्यो । उनको घरमा हेर्नेको लर्काे लाग्न थाल्यो । सिक्ने र सिकाउने प्रक्रिया शुरु भयो ।

यही सीप अन्वेशणका कारण २०६६ सालमा प्रथम महिला अन्वेषण मेलामा १५ हजार नगद सहित प्रथम पुरस्कार पाईन् । २०६७ सालमा राष्ट्रपतिबाट २५ हजार राशिको क्षेत्रीय अन्वेषण पुरस्कार प्राप्त गरेकी थिईन् । २०७० सालमा राष्ट्रिय वातावरण प्रदुषण नियन्त्रण नेपालबाट राष्ट्रिय वातावरण पुरस्कार सहित दर्जन बढी सम्मान पाईसकिन् ।

अनुभव साट्नकै लागि उनी विदेश (कम्वोडियो, स्वीडेन) पनि पुगिन् । विदेशी पनि उनको घरमा हेर्न आईरहन्छन् । नेपालमा विभिन्न जिल्लामा उनैले उत्पादन गरेका करिव एक हजार गृहिणी भैसके । उनी भन्छिन् ‘एक हजारले यो सीप सिके होला, गर्ने पनि धेरै भैसके ।’

अहिले स्याउली बजार टोलकी अध्यक्ष पनि उनी हुन् । टोलकै अगुवाईमा यहाँका २३० घरलाई कम्पोष्ट मल बनाउन रीङ्ग वितरण भएको छ । आमा समूह र स्याउली बजारको सहकारी उनै महिलाको पहलमा नमुना बनेका छन् ।

उपमहानगरको सहयोगमा अहिले १८ घरमा च्याम्वर कम्पोष्टिङका लागि सहयोग भएको छ । सबैले आफ्ना घर र वरपरका फोहर टिपेर त्यहाँ हाल्छन् र मल बनेपछि छतको तरकारी खेतीमा प्रयोग गर्छन् । उनीहरूले अहिले तरकारी किनेर खानु पर्दैन ।

गाउँ समाज परिवर्तन गर्ने एक्ली महिला हुन् तुलसी । शुरुशुरुमा गाउँघर तिरको फोहर टिप्दा तैले कति पैसा पाउँछेस् र फोहर टिपेको भनेर गिल्लाउने पनि थिए । तर पछि विस्तारै बुझ्दै गए । अहिले उनको टोलमा फोहर देख्न पाईंदैन । घरका छतभरी लहलह तरकारी फलेका छन् ।

___________ _____ _________ _____ _____कुहिने र नकुहिने फोहर छुट्याएर राखिएको छ । घरमा निस्कने फोहर मध्ये ८० प्रतिशत कुहिने १० प्रतिशत पुन प्रयोग गर्न मिल्ने र १० प्रतिशत मात्रै नसड्ने र प्रयोग गर्न नमिल्ने फोहर हुने गरेको छ ।

कुहिने फोहरबाट मल बनाएका महिलाको घरका छत र करेसाबारीमा लहलह तरकारी छ । अहिले भिण्डी, खुर्सानी, घिरौला, बोडी, घर भरी फलेका छन् । भ्यान्टा, काउली, गोवीलगायत तरकारीका बेर्ना हुर्कन थालेका छन् ।

पुन प्रयोग गर्न मिल्ने फोहर विस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरूले आकर्षक ढकी, पैसा व्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हाते ब्याग बनेका छन् ।

उमेरले ७५ कटिसकेकी भरतपुर १० की धनिकला काफ्ले कौसीभरी तरकारी फलेको छ रे भने गाउँमा हल्ला चलेपछि एकदिन छिमेकी तुलसी ज्ञवालीको घरमा गईन् । पहिलो पटक कौसीमा तरकारी देख्दा अच्चम्मै भइन् । देखेको गर्ने सोख भएपछि घरमै शुरु गरिन् कौसी खेती ।

उनको उत्सुकता देखेर स्याउली बजार टोलले उनलाई तालिम पनि दियो । विभिन्न क्षेत्रको तरकारी खेती हेर्न भ्रमण पनि गरायो । अहिले दुई वर्षदेखि धनिकला कौशीखेतीमा अव्बल ठहरिएकी छन् । आएको आगन्तुकलाई कुनै न कुनै तरकारी उपहार दिएर पठाउँछिन । ‘दुई जना आमा छोरी छौं, के खाई सक्नु तरकारी गाउँ छिमेकमा नदिए मनै मान्दैन’ धनिकलाले भनिन् ।
____ ______ ____ _____ ________ ______ __ ______ ______ ______, _____ _____छिमेकी कोपिला श्रेष्ठको घरको छतमा अहिले बोडी, भिन्डी, खुर्सानी फलेका छन् । घरमै बनेको फोहर चिन्न सकेकाले अहिले उनलाई तरकारी किन्नु पर्दैन । औषधी पनि घरेलु जडिबुटी कै हुन्छ । बाहिर विषादी हालेको तरकारी खानुभन्दा आफ्नै फोहरले उव्जाएको तरकारी खानु बेस हुने यहाँका महिला बताउँछन् ।

भरतपुर उपमहानगरका वातावरण शाखा प्रमुख तथा ईन्जिनियर विराट घिमिरे भन्छन्, ‘तुलसी हाम्रो लागि उदाहरण हुन् ।’ उनले गरेको अभियान अहिले महानगरले पछ्याईरहेको छ । दैनिक ३० टन फोहर जम्मा हुने भरतपुर उपमहानगर व्यवस्थापनका लागि बार्षिक रु १ करोड खर्च हुन्छ । त्यसमाथि पनि सुरक्षित व्यवस्थापन नभई नगरवन क्षेत्रमा फ्याँक्नु परिरहेको छ ।

यसमध्ये ८० प्रतिशत फोहर कुहिने छन् । १० प्रतिशत पुन प्रयोग गर्न मिल्ने फोहर हुन्छ । कुहिने र पुन प्रयोग हुने फोहरलाई घरमै व्यवस्थापन गर्ने अभियान चलाए नगरपालिकाले १० प्रतिशत मात्रै फोहर उठाउनु पर्छ ।

एकातर्फ उपमहानगरको खर्च कम हुने अर्काे तर्फ तरकारी खेती लगाउँदा घरवालाको पनि खर्च घट्ने दोहोरो फाईदा छ । अभियान्ता तुलसी ज्ञवाली मासिक तीन हजार तरकारी कै बचत भएको दावी गर्छिन् । यसले एक घरको एक वर्षमा ३६ हजार रुपैयाँ बचत हुन्छ ।

प्रकाशित मिति :२०७२ असाेज २४ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: