बलात्कार गरी हत्या प्रयास गर्ने युवक पक्राउ


प्रकाशित मिति :2015-10-11 12:21:32

महिला खबर

 काभ्रे, असोज २४ । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २० वर्षीय रोजन पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाख्रिनले आफूले बलात्कार गरेर भिरबाट खसालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उहाँले ती वृद्धालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर धुलिखेल अस्पताल ल्याएको र उपचार जारी रहेको बताउनुभयो ।

पक्राउ परेका पाख्रिनलाई ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी र चोरी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७२ असाेज २४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: