ज्ञानु पंगेनी
नवलपरासी, असोज २५ । ईलाका प्रहरी कार्यालय नवलपुरलाई नेपाल महिला संघ नवलपरासीले एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ ।
कार्यालय परिषरमा आयोजित एक कार्यक्रमबिच नेपाल महिला संघकी केन्द्रिय सदस्य ओमकला गौतम , जिल्ला सचिव सरस्वती तिमल्सिना कोषाध्यक्ष कमला तिवारी पराजुलीले संयुक्त रुपमा उक्त सामग्री ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख पर्शुराम तिवारीलाई हस्तान्तरण गर्नुभएको थियो । प्रहरी कार्यालयले अहिलेको प्रविधिको युगमा समेत हातले लेखेर काम गरिरहनुपर्ने बाध्यता रहेकाले छिटो छरितोका लागि सामग्री उपलब्ध गराएको महिला संघकी कोषाध्यक्ष कमला तिवारी पराजुलीले बताउनुभयो ।
प्रकाशित मिति :२०७२ असाेज २५ गते साेमवार
Comment Here!