तीन महिनामा सातजना बलात्कारी जेल चलान


प्रकाशित मिति :2015-10-12 14:36:49

महिला खबर

सुनसरी, असोज २५ । भोजपुर जिल्ला प्रहरी कार्यालयले दुई महिनामा पाँच वटा बलात्कारका घट्नामा संलग्न ६ जनालाई जेल चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गत शुक्रबार लेखर्क गाविसका माइलाकाजी भन्ने दुर्गाप्रसाद लुइँटेललाई थुनामा राखिएको छ । असोज ८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको परेको उनीविरुद्धको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

यसअघि गत भदौ १९ गते भोजपुर नगरपालिकाकी १९ वर्षीया सुस्तमनिस्थिति भएकी किशोरीलाई बलात्कार गर्ने सोही गाउँका टीका राम कामीलाई असोज ११ गतेको जिल्ला अदालतले जेल चलान गर्ने फैसला गरेका थियो । भोजपुरको तिम्मा गाविस खम्बुखाका दिवुहा¨ राईलाई पनि भदौ २ गते पुर्पक्षका लागि जेल चलान गरिएको छ । छिमेकमा बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी जाहेरी दिवुहा¨विरुद्ध अभिभावक र पीडित किशोरीले दिएपछि पक्राउ गरि मुद्दा चलाइएको थियो ।

यसैगरी भोजपुरकै दक्षिणी गाविस खैरा¨का ४२ वर्षीया चन्द्रबहादुर कामीलाई जिल्ला अदालतले पुर्पक्षका लागि असोज ७ गते थुनामा राख्न आदेश दिएको छ । कामीले १३ वर्षीया बालिकालाई एक्लै भएको मौका पारी बलात्कार गरेका थिए ।

जिल्ला अदालतले भोजपुरको साम्पाङका दुर्वसा राई र सोही गाविसको वडा ४ बस्ने बद्री राईलाई पनि थुनामा राख्न आदेश दिएको छ । उनीहरूले सोही गाविस बस्ने १२ र १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर फकाउँदै नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए ।

यसैवीच छिमेकी युवतीलाई बलात्कार गरेर भागेका झुल्केका गणेशप्रसाद भट्टराइलाई खोजीगरि जेल चलान गरिएको भोजुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :२०७२ असाेज २५ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: