महिला खबर
पोखरा , असोज २५ । आफूमाथि भएको हिंसाको प्रतिवाद गर्न सुरु गर्ने बेला भएको महिलाले बताएका छन् । पोखरामा आयोजित शान्तिघाट आमा समूहको चौथो साधारण सभाको अवसरमा वोल्दै उनीहरूले समाज जति विकसित भएपनि महिलामाथिको हिंसा घट्नुको साटो बढेकोे भन्दै यसको प्रतिवाद गर्न महिला एक हुनुपर्ने उनीहरूले औंल्याएका हुन् ।
महिला अधिकार मञ्च नेपालकी केन्द्रीय सदस्य राधा गौतमले महिलामाथि विभिन्न खालका शारीरिक तथा मानसिक हिंसा बढेको बताउनुभयो । गौतमले सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनैतिक हरेक क्षेत्रबाट महिलामाथि हिंसा र विभेदमा परेको बताउनु भयो । ‘महिलाका मुद्दामा साझा आवाज लिएर अगाडि बढ्नु पर्छ । त्यसका लागि हिंसाको प्रतिवाद गर्न सबै महिला एकजुट हुनुपर्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोईरालाले महिला हिंसा आर्थिक विपन्नतामा मात्र नभई शिक्षित र सम्पन्न परिवारमा पनि देखिएको बताउनुभयो । उहाँले महिलाको अस्तित्व र अधिकारलाई सम्मान गर्न नसकेसम्म महिलामाथिको हिंसा न्यून नहुने बताउनुभयो ।
टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशीले महिलालाई विकासका कार्यक्रममा सहभागिता, पुर्णखोप सुनिश्चित पहिलो नगरपालिका वनाउन महिलाको ठुलो हात रहेको वताउँदै महिला तथा आमा समूहले गरेका कामे निकै प्रशंसनिय रहेको बताउनु भयो ।
वडास्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङले नेपाली आत्मनिर्भर हुन आफ्नो क्षेत्रमा रहेको बाँझो जमिनमा आमा समूह मिलेर सामूहिक खेती गर्न थाल्नु पर्ने वताउनुभयो ।कार्यक्रममा सहभागीले हरेक घरलाई महिला हिंसा मुक्त गराउन सामूहिक प्रतिबद्धता र अग्रसरताको खाँचो रहेको बताएका थिए ।
प्रकाशित मिति: २०७२ असाेज २५ साेमवार
Comment Here!