‘कलाले दिमागलाई सन्तुलित राख्छ’


प्रकाशित मिति :2015-10-12 16:23:57

कविता श्रेष्ठ

पोखरा,साउन २५ । ज्योति गुरुङ्ग पोखराकी चर्चित महिला कलाकार हुन् । बाल्यकालदेखि चित्रकलामा सौखिन उनले आफ्नो प्रतिभा निख्रार्न राम्रो पारिवारिक माहोल पाईन् । पोखरेली युवा संस्कृतिक परिवारले हरेक तीन महिनामा गर्ने समता कलाकार्यशाला र वि.सं. २०६५ मा भएको सामूहिक चित्रकला प्रर्दशनीमा पहिलो पटक चित्रकला प्रर्दशनबाट उनको औपचारिक कलाजीवनको सुरुवात भएको हो । प्रकृति प्रेमी भएकै कारण प्रकृतिलाई क्यानभासमा उतार्न ल्यान्डस्केप चित्र बनाउन उनी रुचाँउछिन् ।

उनको जन्म कलाकारको घरमा भएको हुँदा सानैदेखि बुवा बुद्धि गुरुङबाट कला सिक्दै आएकी हुन् । बुवा बुद्धि गुरुङ र आमा हरिमाया गुरुङको हौसलाले कलाप्रति रुचि बढ्दै गएको उनले बताइन् । पोखराको रानीपौवाकी २९ वर्षीय उनले पोखराका वरिष्ठ कलाकारहरू दुर्गा बराल, लोकप्रसाद गुरुङ, छेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, रागिनी उपाध्याय ग्रेलालाई प्रेरणाको स्रोतको रुपमा लिएकी छिन् । विवाह पश्चात कलालाई निरन्तरता दिन नसक्नु, परिवारलाई चित्रकलाको विषयमा ज्ञानको कमी हुनु र कला क्षेत्रमा विश्वविद्यालयको अभावका कारण पनि महिला कलाकारलाई समस्या भएको उनी बताँउछिन् ।

mina art

यस्तो अवस्थामा कलाकार महिलालाई कला क्षेत्रमा सहभागिता गराउन उनको नेतृत्वमा ‘पोखरा महिलाकलाकार परिवार’को स्थापना गरिएको छ । एक्लै अगाडि बढ्नु भन्दा पनि एक जुट भईसँगै अगाडि बढे कलाकार र कलाको विकास हुने उनको विश्वास छ ।

उनले नेपाल प्रज्ञा प्रतिष्ठान, कला कौशल विभाग, नेपाल ललितकला संस्था (नाफा) र पश्चिमाञ्चल क्षेत्रीय कला प्रर्दशनीमा सहभागी भई आफ्ना कला प्रस्तुत गरी सकेकी छिन् । धेरै भन्दा धेरै सवल महिलालाई यो क्षेत्रमा समावेश गरी कलाकार महिलाको विकास गर्ने योजना बुन्दै निरन्तर यो क्षेत्रमा लाग्ने उनको सोच छ । बाल्यकालदेखि रङको संसारमा रमाउने पोखराकी २५ वर्षीय हेमकान्ती गुरुङले कलालाई जीवन मानेकी छिन् । वि.सं. २०६५ देखि कला क्षेत्रमा लागेकी उनी कलाले प्रकृतिलाई हेर्ने दृष्टिकोणनै फरक गरी प्रकृतिमा भएको रहस्यलाई बुझ्न शक्ति प्रदान गर्ने बताउँछिन् ।

Jpeg

उनका अनुसार कलाले दिमागलाई सन्तुलित राख्छ । ‘एक दिन दिदीले चित्रकला प्रशिक्षणको लागि तयारी गरेको देख्दा मलाई पनि जान मन लाग्यो र बाबालाई म पनि दिदीसँग जान्छु भनेर जिद्दी गरे । उहाँले मलाई जानदिनुभयो र चित्र पनि सिकाई दिनुभयो । मैले कार्यक्रममा गएर कुनै पुरस्कार जित्न त सकिन तर, मैले सान्त्वना स्वरुप उपहार पाएँ जसले गर्दा आज मैले यो क्षेत्रमा लाग्न हौसला पाएको छु,’उनी मुस्कुराउँदै विगत स्मरण गर्छिन् ।

१६ वर्षको उमेरबाट यो क्षेत्रमा लागेकी उनी महिलाको लागि कुनै पनि क्षेत्र सरल नभएको र अहिलेको प्रतिस्पर्धाको समयमा महिलाले पुरुषभन्दा कम अवसर पाएको बताउँछिन ।‘पोखरामा थोरै कलाकार महिला छन, त्यसमा पनि महिला सशतिmकरणसँग सम्बधित चित्र कोर्नेको कलाकार सङ्ख्या एकदम कम छ’,उनी भन्छिन् । हेमकान्ती महिला नेतृत्वसँग सम्बन्धित चित्र कोर्न मन पराउँछिन् । बुवालाई गुरू र आमालाई प्रेरणाको स्रोतको रुपमा लिने उनी यो क्षेत्रमा लाग्न परिवारवाट हौसला मिलेको बताउँछिन । एक असल कलाकारको रुपमा नेपाल र यसको सुन्दरतालाई संसारमै चिनाउने उनको लक्ष्य छ ।

हेमकान्ती जस्तै १५ वर्षको उमेरदेखि चित्र र्कोन थालेकी ओसुबा गुरुङ पोखराकी उदयमान कलाकार महिला हुन् । एस.एल.सी पछि वरिष्ठ कलाकार बुद्धि गुरुङबाट उनले औपचारिक चित्रकलाको तालिम लिएकी हुन् । ‘मेरो दाईको चित्र हेर्दा मलाई एक प्रकारको आनन्द लाग्थ्यो । दिनभरी त्यही चित्र हेरिरहन मन लाग्थ्यो । दाइकै चित्रहरूले मलाई कला क्षेत्रमा लाग्न प्रेरणा दिलायो,’ उनी बाल्यकालका दिनहरू सम्झिन्छन् । घरपरिवारले दिएको साथले नयाँ चित्र कोर्न प्रोत्साहन मिलेको १८ वर्षीय ओसुबा बताउँछिन् ।ओसुबा भने शान्ति र अहिंसासँग सम्बन्धित चित्र कोर्न रुचाउँछिन् र्। मेरो चित्र शान्तिको सन्देश दिने हुन्छ, नीलो रङ्ग म बढी प्रयोग गर्छु,’उनी भन्छिन ।

women

करिब ५ वर्ष अघिदेखि कला जीवनको सुरूवात गरेकीे २४ वर्षीय मीना गुरुङ कलालाई मनका भावना चित्रमा उतार्नेे राम्रो माध्यमको रुपमा लिन्छिन् । १९ वर्षको उमेरदेखि पत्रपत्रिकामा हुने चित्रहरू कोर्दै कला क्षेत्रको सुरूवात गरेकी उनले घरको चुल्हो चौकाको बन्धन तोड्दै महिला अगाडि आउनुपर्ने बताउँछिन् ।

चापाकोट गा.वि.स. वडा नं. ८, मकानपुरकी गुरुङ महिला भएकै कारण हरेक सभा, समारोह, प्रदर्शनीमा सजिलै उपस्थित हुन नपाउनु समस्या भएको बताउँछिन् । उनका अनुसार चित्र कोर्दा सिर्जनशील भईन्छ । ‘जति चित्र कोर्छु ,त्यतिनै आफ्नो सिर्जना शक्ति बृद्धि भए जस्तो लाग्छ मलाई उनी भन्छिन् ।’ मीना पनि हेमकान्ती जस्तै महिला सशतिmकरणसँग सम्बन्धित चित्र कोर्न मन पराउँछिन् । घरपरिवारवाट सही वातावरण र अवसर मिले महिलाले पनि पुरुष सरह कला क्षेत्रमा आफ्नो प्रतिभा देखाउन सक्ने उनी बताउँछिन् ।

पोखराकी अग्रज कलाकार महिला मिलन शेरचन यो क्षेत्रमा प्रवेश गर्न सजिलो भएता पनि निरन्तरता दिन गाह्रो भएको बताउँछिन् । ‘थुप्रै नयाँ महिला कला क्षेत्र त छिर्छन् तर टिक्न साह्रै मुस्किल छ, कला क्षेत्रमा महिलाको खडेरीनै छ’,उनी दुःख व्यक्त गर्छिन् । कला क्षेत्रमा खर्च बढी भएको र पारिवारिक प्रोत्साहनको अभावले पोखरामा कलाकार महिलाको संख्यात्मक र गुणात्मक बृद्धि हुन नसकेको बताउँछिन ।‘सबैभन्दा महत्वपूर्ण परिवारको साथ नै हो, पारिवारिक साथ मिले कलाकार महिलाले फुल्ने मौका पाउँछन्’,उनी आशावादी छन् ।

प्रकाशित मिति २०७२ असोज २५ गते सोमवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: