संविधानको कार्यान्वयन अाफैँवाट सुरु गर : महिला नेता


प्रकाशित मिति :2015-10-12 17:10:25

राष्ट्र सञ्चालनमा पुरुषमात्रै योग्य छाैँ भन्ने नेताभित्र रहेको जवजस्त चिन्तनको अन्त्य नभएसम्म राजनीतिक प्रक्रियामा महिला संलग्न हुन निकै कठिन छ।

दुर्गा कार्की

ललितपुर, असाेज २५ । राजनीतिकि दल निकट महिला नेताले संविधान कार्यान्वयनका लागि प्रतिवद्ध दलहरूले यसको पालना सुरुमा आफैँले गरेर देखाउन सुझाव दिएका छन्। प्रधानमन्त्री के पी ओलीको नेतृत्वमा २ जना उपप्रधानमन्त्री सहित गठन भएको ८ सदस्यीय मन्त्रिपरिषदमा एकजना पनि महिला नपरेको र चर्चामा समेत नरहेको भन्दै उनीहरूले संविधान कार्यान्वयन सवैभन्दा पहिला आफैँबाट सुरु गर्न सुझाएका हुन्।

मन्त्रिपरिषदका लागि अहिलेसम्म कुनैपनि महिलाको नाम नआउनु दुखद भएको प्रतिक्रिया दल निकट भगिनी संगठन र अर्न्तपार्टी महिला सञ्जालका पदाधिकारीले दिएका हुन्। अर्न्तपार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठले संविधानमा समानुपातिक सहभागिता भनिएपनि संविधान बने लगत्तै नयाँ बन्ने संविधान अनुसार अब बन्ने सरकारमा कम्तीमा एकतिहाइ महिला सहभागिता हुनुपर्छ भनेर सवै दलका शीर्ष नेतालाई मौखिक र लिखित रुपमा मागहरू दिइसककेको बताउनुभयो।

Sghahi

‘हामी दिग्दारै भइसक्यौँ, सँधैभरी माग्नुपर्ने ? नेताले बुझ्ने कहिले ?’ उहाँको प्रश्न थियो। राष्ट्र सञ्चालनमा पुरुषमात्रै योग्य छाै‌ भन्ने नेताभित्र रहेको जवजस्त चिन्तनको अन्त्य नभएसम्म राजनीतिक प्रक्रियामा महिला संलग्न हुन निकै कठिन भएको उहाँको निष्कर्ष थियो। ‘बारम्बार पार्टी नेतृत्वलाई यो बिषयमा सम्झाइरहेको छाैं, अव कति पछि लाग्ने ? मन्त्रिपरिषद गठनको प्रक्रिया सुरु भएपछि गएका छैनौँ’ उहाँले भन्नुभयो।

यसैगरि अखिल नेपाल महिला संघ प्रचार विभाग प्रमुख शान्ति अधिकारीले मन्त्रिमण्डल विस्तारको प्रक्रिया सुरु भइसक्दासम्म एकजना महिलाको पनि नाम चर्चामा नहुनु दुखद भएको प्रतिक्रिया दिनुभयो। मिलिजुली सरकार बनाउने खेलले पनि महिलालाई निकै घाटा भइरहेको उहाँको ठम्याइ छ। प्रत्येक दलबाट ३/४ जना मन्त्रिमण्डलमा सहभागी हुने र यसमा महिलालाई कहिल्यै अघि नसार्ने प्रबृत्तिले राज्य सञ्चालनमा महिला सँधै पछि पर्ने गरेको प्रतिक्रिया उहाँको थियो।

meera

यसैगरि अधिवक्ता मीरा ढुङ्गानाले पनि सुरु मै संविधानको उल्लघंन नगर्न राजनीतिक दलहरूलाई सुझाउनु भएको छ। संविधानको धारा ३८ को उपधारा ४ पालना गर्न उहाँले नेता तथा प्रधानमन्त्रीलाई सुझाव दिनुभयो। संविधानको धारा ३८ महिलाको हकको उपधारा ४ मा राज्यका सवै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ उल्लेख छ।

नयाँ संविधान अनुसार मन्त्रिपरिषद जम्मा २५ सदस्यीय हुनेछ।

नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्य मध्येवाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्ने उल्लेख छ।

प्रकाशित मितिः २०७२ असाेज २५ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: