महिला खबर
धनगढी, असोज २६। महिला तथा बालबालिका कार्यालय कैलालीकी महिला विकास अधिकृत हरिप्रिया बमले हरेक क्षेत्रमा महिला पछाडी पर्नुको कारण आर्थिक दुर्वलता भएको बताउनुभएको छ।
उहाँले महिला आत्मनिर्भर र सवल हुनको लागि व्यवसायिक र आर्थिक रुपमा शसक्त हुनु आवश्यक रहेको बताउनुभयाे ।अन्तरपार्टी महिला सञ्जाल कैलालीको आयोजनामा भएको दशैंतिहार शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अधिकृत बमले आर्थिक रुपमा महिला सक्षम नभएकै कारण राजनीतिक क्षेत्रमा समेत अगाडी बढ्न नसकेको बताउनुभयाे।
अन्तरपार्टी महिला सञ्जाल कैलालीकी अध्यक्ष निर्मला रिजालले महिला आर्थिक रुपमा सवल भएमात्रै उनीहरूमाथिको हिंसा कम हुने बताउनुभयो । राजनैतिक क्षेत्रसँगै आर्थिक रुपमा पनि सवल हुनुपर्दछ। हामीले पार्टीबाट टिकट पाएता पनि आर्थिक सक्षमता नहुँदा पछाडी परेका छाैं’ उहाँले भन्नुभयाे।
दलित महिला अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा घिमिरेले स्थानीय निवार्चनमा ३३ प्रतिशत महिलाको सहभागिता गराउन जरुरी रहेको वताउनुभयाे। दलित महिला संघ (फेडो) की अध्यक्ष पुनम सिजापतिले निर्णय तहमा महिला सहभागिता नभएकाले बोलेका बोली कार्यान्वयन नभएको उहाँकाे भनाइ थियाे । कार्यक्रममा सहभागीहरूले दशैं तथा दिपावलीको शुभकामना आदान–प्रदान गरेका थिए।
प्रकाशित मितिः २०७२ असाेज २६ गते मङ्गलवार
Comment Here!