दसैँका लागि भारतबाट फर्किदै नेपाली


प्रकाशित मिति :2015-10-13 12:54:37

खेमा बस्नेत
कैलाली, असोज २६ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू अहिले दसैँ र तिहारका लागि घर फर्कन थालेका छन् । त्रिनगर सीमा नाकामा भारतबाट नेपाल फर्किनेको घुइचो अन्य दिनभन्दा निकै बढेको छ ।

आर्थिक अवस्था कमजोर भएपछि कमाउन मुग्लान पसेका नेपालीहरू वर्षमा १ पटक दसैँको टिका जमरा थाप्न नेपाल आउने गरेको बताउँछन् । आज विहानै सिमानाकामा भेटिएकी बझाङकी जमुना टमटा २ सन्तान सहित श्रीमानसँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै भनिन् अरु बेला आउन नसकेपछि दसैँको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएका छौँ ।’ उनी भन्छिन् ‘वर्षमा आउने ठुलो चार्ड घर त आउनु नै पर्यो नि ।’

कैलालीकी बाटुली खड्का ७ वर्षपछि दसैँ तिहार मनाउन घर फर्किन पाउँदा खुसी भएको बताउँछिन् । ‘चाडपर्वमा घर आउने भन्छौ के के नमिल्ने यसपाली आउन पाउँदा धेरै खुसी छु ।’ उनले भनिन् परदेशमा दसैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसंगीसगँ मनाउन पाउँदा कस्लाई खुसी लाग्दैन र ?’

डोटी घर भएककी गिता खड्का २ सन्तान सहित घर फर्किन लागेको बताउँछिन । श्रीमानले विदा पाएनन त्यसैले म र छोराछोरी मात्र घर फर्किएका छौ ।’ उनले भनिन् ‘पेट पाल्नका लागि कमाउँनै पर्यो, वर्षदिनको चाडपर्वमा विदानै मिलेन उहाँलाई ।’

भारतवाट नेपाल फर्किने मात्र होइन, दसैँ तिहारकै लागि भारत जाने नेपाली पनि छन् । ‘श्रीमानले विदा पाउनु भएन त्यसैले मुम्बाई जान लागेको’ त्रिनगर भन्सारमा छोरीसँगै भेटिएकी धनगढीकी सरु थापा भन्छिन् ‘यता जस्तो रमाइलो त हुँदैन, त्यही पनि चाडपर्वमा परिवारसँगै हुँदा रमाइलो नै हुन्छ ।’ उनले भनिन् ‘उहाँलाई विदा नमिलेकाले हामी आमाछोरी नै जाँदैछौँ ।

प्रकाशित मिति २०७२ असोज २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: