बालिकामैत्री समाज निर्माणका लागि काठमाडौं घोषणा पत्र जारी


प्रकाशित मिति :2015-10-13 14:13:13

महिला खबर

काठमाडौं, असोज २६ । बालिकामैत्री समाज निर्माणको परिकल्पना गर्दै ग्रामिण महिला सञ्जाल नेपालले आठ बुँदे काठमाडौं बालिका घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंमा भएको प्रथम बालिका सम्मेलनले नेतृत्व विकास, स्वास्थ्य र सुरक्षा , बालिका बेचविखन विरुद्ध, आयआर्जन तथा सीप विकास, बालिका हिंसा, गुरस्तरिय शिक्षा लगायतका विषयमा केन्द्रित रहेर सम्मेलनले यो घोषणा पत्र तयार गरेको रुओनका महासचिव ध्रुव प्रसाद घिमिरेले बताउनुभयो ।

जारी घोषणा पत्रमा भनिएको छ ‘लिङ्गका आधारमा परम्परागत रूपमा नेपाली समाजले अवलम्वन गर्दै आएको संस्कार, आचरण र अभ्यासले बालबालिकाप्रति गरिएको विभेद पहिचान गर्दै लैगिंक दृष्टिले न्यायपूर्ण समाजको स्थापनाका लागि नेपाली बालिकाहरूको भूमिका अपरिहार्य रहेको स्वीकार गर्दै लैगिंक समानताका लागि सचेत मनस्थितिका साथ आफू र आफ्नो घर–परिवारबाट सुधार ल्याउन आजैबाट लाग्न, र अरूलाई प्रोत्साहित गर्न आवश्यक रहेको ठहर गर्दछाै‌ ।’

Delegets photo

नेपालमा देखा परेको लैगिंक हिंसा अन्त्यका लागि आफूसम्बद्ध सामुदायिक, समिति तथा संस्थामा विभेदमुक्त संरचना, संगठन तथा वातावरण तयार पार्न आ–आफ्नो क्षेत्रबाट सक्रिय रहने प्रतिवद्धता रुओन नेपालले जारी गरेको घोषणा पत्रमा छ । लैगिंक हिंसा अन्त्यका लागि व्यक्तिस्वयं, परिवार, सरकारी तथा गैरसरकारी संस्था र धार्मिक संघ संस्थाहरूमा बालिका तथा महिला सहभागी गराउन रणनीतिक योजना तथा कार्य निर्देशिका तयार गरी लागु गर्ने र गराउने योजना रुओनको रहेको छ ।

शैक्षिक संस्थाहरू विद्यालयदेखि विश्वविद्यालयसम्म बालिकामैत्री शिक्षा एवं छोराछोरीका विचको विभेद अन्त्यका लागि परिवार, नेतृत्व र राज्य संयन्त्रलाई समान रूपमा उत्तरदायी बनाउन उत्प्रेरित गर्ने बालिका काठमाडौं घोषणा पत्रको उदेश्य रहेको छ । नेपाललाई बालिका हिंसामुक्त बनाउन देशव्यापी सचेतना अभियान सञ्चालन गरी सबै वर्ग र समुदायका महिला, पुरुष, तेश्रो लिंगीहरूका लागि नागरिक शिक्षा अभियान संचालन गर्ने कुरा घोषणा पत्रले बोलेको छ ।

महिला, पुरुष र यौनिक तथा लैगिंक अल्पसंख्यकबीचको विभेदलाई अन्त्य गर्न सकारात्मक विभेदको अवधारणा अंगीकार गर्दै लैंगिक सचेतनाका साथ समानताका लागि अभियान चलाउने बालिका घोषणा पत्रमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति २०७२ असोज २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: