निर्मला ठकुराठी
काठमाडाैं, असोज २७ ।महिलाले राजनीतिमा हस्तक्षेप नगरेसम्म मुलुक नबन्ने निर्वतमान उद्योग मन्त्री महेश बस्नेतले बताउनु भएको छ ।
विभिन्न पेसा व्यवसायमा आवद्ध श्रमिक महिलाको अधिकार र सुरक्षाका लागि श्रमिक महिला रक्षा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उँहाले बोक्सी, दलित र महिला भनेर भेदभाव गर्ने समाजलाई राज्यले सजाय दिन सक्नु पर्ने बताउनु भयो । बैदिक कालका देवीको प्रसङ्ग जोड्दै उँहाले भन्नुभयो बैदिक कालमा महिलालाई निकै शक्तिशाली थिए । तर, अहिले महिला मन्त्रीको माग गर्नुपरेको बताउनुभयो ।
अहिलेको संविधान आजसम्मकै उत्कृष्ट भएको दाबी गर्दै उँहाले ४५ प्रतिशत महिला समेटिनु र त्यसमा ३३ प्रतिशतको सुनिश्चितता हुनु राम्रो भएको बताउनुभयो ।
त्यस्तै रक्षा नेपालका अध्यक्ष मेनुका थापाले आफूले एउटा अभियान थालेको र यसलाई पुरा गर्ने काम श्रमिक महिलाको भएको बताउनु भयो । अहिले श्रमिक महिला रक्षा संघमा ३५ सय महिला आवद्ध छन् ।
त्यस्तै नीलहिरा समाजकी भुमिका श्रेष्ठले मनोरञ्जन सबैलाई चाहिने तर, त्यसमा आवद्ध महिलालाई समाजले सँधै चरित्रमाथि शंका गर्ने आरोप लगाउने प्रवृत्ति रहेका बताउनुभयो । कानुनविद दिनेश त्रिपाठीले इतिहासमा पहिलो पटक महिला जागेको भन्दै महिलालाई शसक्त हुँदा नै राष्ट्र बलियो हुने हो भन्नुभयो । रक्षा सञ्जालले अनौपचारिक क्षेत्रमा कार्यरत महिला तथा किशोरीलाई संगठित गरी उनीहरू कार्यरत स्थललाई व्यवस्थित र मर्यादित बनाउन वकालत गर्ने काम गर्दछ ।
प्रकाशित मिति :२०७२ असाेज २७ गते वुधवार
Comment Here!