पेन्सनले महिलालाई दिएको टेन्सन
११ वर्षदेखि भारतसँग न्याय माग्दै महिला
नुनुता राई
काठमाडौं, असोज २७ । गुल्मीकी ५५ वर्षीय विष्णु बस्नेतले श्रीमानको मृत्यु पश्चात किरिया खर्च सहित पेन्सनको लागि कागजपत्र पेस गरेको ११ वर्ष भयो अझै पनि पाएकी छैनन् । भारतीय सेनाबाट अवकाश पाएका श्रीमानले पाउने पेन्सन श्रीमानको मृत्युपछि श्रीमतीको नाममा स्वत सर्नु पर्ने भएपनि ११ वर्षदेखी पेन्सन नपाएकी विष्णुलाई कागजपत्र मिलाउँदै हैरान भएको छ । नागरिकता र पल्टनमा श्रीमानले लेखाएको नाम बिच मेल नखाएपछि विष्णु समस्यामा परेकी हुन ।
पुतली बस्नेतको नामबाट नागरिकता बनाएकी विष्णु काठमाडौं स्थित भारतीय दुतावासले मागे अनुसार पुतली र बिष्णु बस्नेत एउटै व्यक्ति हो भनेर सप्रमाण सहित कागजजात बुझाएको १० वर्ष पुगेको छ । कागजपत्र पुगेको दुई महिनापछि पेन्सन पाउनुहुन्छ भनेको १० वर्ष पुग्दा पनि अझै नपाएको उनले गुनासो गरिन् । विष्णुकी छोरी खिमा बस्नेत भन्छिन् ‘दुतावासमा वर्षमा कम्तिमा ४ पटक जान्छौ, तर अब २ महिनापछि मिल्छ भनेको १० वर्ष भईसक्यो पेन्सन पाको छैन ।’ भारतीय दुतावासले लिंग हेरेर व्यवहार गर्ने गरेको खिमाको आरोप छ । उनी भन्छिन् ‘यहि पेन्सनको विषयमा कुरा गर्न मेरो दाजुहरूस“ग जा“दा कर्मचारीहरूले एकदम नम्र व्यवहार गर्ने तर, म मात्र गए“ भने झर्केर जवाफ दिन्छ ।’
धेरै पुराना भूपूहरूको जोइन्ट फोटो नभएको र पि.पि.ओ (पेन्सन पेइङग अर्डर) समेत प्राप्त नभएको हुँदा पेन्सनपट्टा डिस्चार्ज सर्टिफिकेटलाई नै फाइनल डकुमेन्ट मानी पेन्सन दिनुपर्ने, फोटो नभएका कारण पहिचान गर्न मुस्किल भए फोटो सहित गाविसको सिफारिसलाई मान्यता दिनुपर्ने पीडितहरूकको तर्क छ । नर बहादुर राईको कान्छी श्रीमति खोटा’ घर भई हाल धरान बस्दै आएकी पञ्चहिरा राईले श्रीमान नर बहादुर राईको २०६७ मा मृत्यु पश्चात किरिया खर्च सहित पेन्सन खोजेको बल्ल ६ वर्षपछि पाउन थालेकी छन् । नर बहादुरले आफ्नी जेठी श्रीमतिको मृत्यु पश्चात पञ्चहिरालाई विवाह गरेका थिए ।
नरबहादुर राईले आफ्नी जेठी श्रीमतिको मृत्यु दर्ता एक वर्ष ढिला गराएको कारण समस्या भयो त्यो मिलेपछि जेठा छोराको जन्मदर्ता मिलेन त्यो मिलाउन इन्डिया नै जान प-यो त्यसपछि मिल्यो फेरि कान्छा छोराको पनि जन्म दर्ता मिलेन भन्यो फेरि त्यसको लागि पनि इन्डिया नै जान प-यो बल्ल मिल्यो पञ्चहिराले पेन्सन गत साउनबाट पाएको बताइन् ।
उनले एकैपटक ७ लाख पाए पनि पेन्सन खोज्दा लागेको ऋण १० लाख खोजेको तिर्न अझै ३ लाख बा“की भएको सुनाईन् । अब उनले महिनामा कत्ति पेन्सन पाउँछिन् त्यो पनि उनलाई थाह छैन । उनको श्रीमानले ८ हजार पेन्सन थाप्ने गरेका थिए । त्यसको आधी रकम पाउने भनिएको छ, उनले अहिले बढेको छ भन्ने सुनेको बताईन । उनले भनिन ‘खै नानी अझै तीन लाख ऋण तिर्न बाँकी छ पेन्सन कत्ति पाउँछ, कसरी तिर्ने हो बुढोले थापेको पनि आधी पाउँछ भन्छ ।’ पुरानो र नया“को पेन्सन रकम पनि फरक रहेको गजबहादुर गुरुङले बताए ।
अहिले भारतीय गोर्खा भूपू सैनिकबाट अवकाश पाएका सिपाहीको पेन्सन रु. १९ हजार ४ सय ७५.२० रहेको छ । भूपू सैनिकको मृत्यु पश्चात उनको श्रीमतिले १२ हजार ७ सय २८ पाउने व्यवस्था रहेको अध्यक्ष गजबहादुर गुरुङले बताए ।
नेपाल भारतीय गोर्खा भूपू सैनिक कल्याणकारी महिला समितिका अध्यक्ष दिलमाया गुरुङले गोर्खा भूपू सैनिकका श्रीमतीलाई भारत सरकारले विभेद गरेको बताउँछिन् । उनले भनिन् ‘पैला बीर गोर्खाली भन्दै घरैबाट भर्तीका लागि तानेर लगे अहिले त्यही व्यक्तिको श्रीमतिलाई पेन्सन दिन मान्दैन ।’ तत्कालिन समयमा नपढेका सोझा साझा युवाले आफ्नी श्रीमतीको गाउ“मा बोलाउने नाम लेखाए, नेपाली र भारतीयको शब्द उच्चारण नमिल्दा समेत ‘दिल’ भन्दा ‘डिल’ लेखिदिएपछि उकार थर र उमेर मिलेन भन्दै पेन्सनबाट बञ्चित गराएको बताउँछन् ।
कतिपय महिलाको पेन्सनको लागि लड्दा लड्दै मृत्यु हुने र पेन्सन खोज्दा लिएको ऋण छोराछोरीले तिर्नु पर्ने अवस्था भएको छ । पेन्सन पाएपनि पेन्सन खोज्दा लिएको ऋण तिर्न ठिक्क हुने अवस्था भूपू सैनिक महिला संघ सुनसरीकी अध्यक्ष लहरु जीमिले बताईन् । अहिलेसम्म राज्यले यसबारेमा गम्भिर भएर पहल नगरेको उनले बताइन ।
राज्य स्तरबाटै कुटनीतिक पहल थाल्नुपर्ने नेपाल भारतीय गोर्खा भूपू सैनिक कल्याणकारी समितिका अध्यक्ष गजबहादुर गुरुङको भनाई छ । अहिले नेपालमा झन्डै ४ लाखको हाराहारीमा पेन्सन पाउने भारतीय गोर्खा भूपू सैनिक भएको गुरुङले बताए । यो ठूलो समस्या भएकोले पीडितहरू र सम्बन्धित निकाय ‘वेलफेयर अफिसर’, दुतावासका रेकर्ड अफिसर र यो समस्यालाई नजिकबाट नियालिरहेका महिलालाई जम्मा गरेर छलफल कार्यक्रम गर्दा सम्बन्धित निकायमा दबाव दिएर समस्या कम गर्न सकिने उनको भनाइ छ ।
भारतीय भुतपूर्व सैनिक संघ पोखराले ५० हजार भारतीय भुतपूर्व गोर्खा सैनिकका श्रीमतिले पेन्सन पाउनबाट बन्चित भएको तथ्य सार्वजानिक गरेको छ । श्रीमानको निधनपछि विविध कारणले पेन्सन पाउनबाट बञ्चित भएको नेपाल भारतीय गोर्खा भूपू सैनिक कल्याणकारी समितिका अध्यक्ष गजबहादुर गुरुङले बताए । सन् १९९० पहिला नेपालको नागरिकता प्रमाणपत्र बिना भर्ती गर्ने चलन भए पनि पछि प्रमाण खोज्न थालेकाले भुपुका श्रमिती समस्यामा परेको सैनिक संघर्ष समितिले जानकारी दिएको छ ।
संघर्ष समितिका अनुसार पेन्सन क्याम्पमा भूपूहरूको समस्याप्रति सुनुवाई आयोग गठन गर्नुपर्ने अध्यक्ष गजबहादुर गुरुङले बताउ“छन् । त्यो समयमा कुनै कागजात चाहिँदैनथ्यो त्यसैले नाम थर उमेर अर्को लेखि भर्ती भए । उनीहरूको निधनपछि सैनिक श्रीमतीलाई श्रीमानको नाम थरसंग नमिलेको भन्दै भारतीय सरकारबाट विविध कारण देखाएर पेन्सनबाट बन्चित गराएको गोर्खा भूपू महिला कल्याणकारी संस्थाका अध्यक्ष दिलमाया गुरुङले बताइन् ।
प्रकाशित मिति २०७२ असोज २७ गते बुधवार
Comment Here!