विद्या भण्डारी राष्ट्रपति पदका लागि योग्य र सक्षम : अधिकारकर्मी


महिला आन्दोलनको महत्वपुर्ण उपलब्धि

प्रकाशित मिति :2015-10-14 16:14:13

महिला खबर

ललितपुर, असोज २७। नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति बन्ने लगभग निश्चित भएको चर्चा चलिरहँदा महिला अधिकारकर्मीले यसको स्वागत गरेका छन्। यसलाई महिला आन्दोलनको महत्वपुर्ण उपलब्धिका रुपमा लिनुपर्ने उनीहरूको प्रतिक्रिया छ।

अधिकारकर्मी दुर्गा घिमिरेले शसक्त संरचनाको माथिल्लो तहमा महिला आउनु निकै गर्वको विषय भएको बताउनुभयो। महिलाले दिएको दवावको परिणाम स्वरुप यो उपलब्धी हासिल गर्न सकिएको उहाँको भनाइ थियो। उहाँले विद्या भण्डारी राष्ट्रपति पदका लागि योग्य, सक्षम भएको र राष्ट्रिय राजनीति बुझेको व्यक्ति भएको प्रतिक्रिया दिनुभयो।

अधिकारकर्मी सपना मल्ल प्रधानले भने विद्या भण्डारी राजनीतिको माथिल्लो पदमा पुगेको हुनाले उहाँ राजनीति मै सक्रिय हुनुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो ‘विद्या भण्डारी सक्रिय राजनीति मै रहेर पार्टी वा सरकारको नेतृत्व गर्नुपर्छ।’ ‘महिला राष्ट्रपति हुनु स्वागत योग्य हो, तर, राष्ट्रपति पद संवैधानिक भएकाले यो भन्दा सक्रिय भुमिकामा बस्नुपर्छ’ मल्लले भन्नुभयो।

यसैगरि महिला अधिकारकर्मी दुर्गा सोवले विद्या भण्डारीको नाम राष्ट्रपति बन्ने चर्चाले नेपालको महिला आन्दोलनको नयाँ आयाम र अध्याय सुरु भएको प्रतिक्रिया दिनुभयो। ‘राष्ट्रप्रमुखले देश र राजनीतिक दलहरूलाई मार्ग निर्देश गर्ने हो, यस्तो पदमा महिला आउनु निकै गर्वको विषय हो’ उहाँले भन्नुभयो।’

नेपाल टेलिभिजनकी निर्देशक दिपा गौतमले दलहरूको यो निर्णयले नेपाली महिला आन्दोलनले दलको नेतृत्व तहमा सकारात्मक परिवर्तन गर्न सफल भएको मान्नुपर्ने प्रतिक्रिया दिनुभयो। उहाँले आम महिलाका लागि यो निकै नै गर्वको विषय भएको बताउनुभयो।

यसैगरि लेखक रामेश्वरी पन्त सयौं वर्षदेखिको महिला आन्दोलनको सफलताका रुपमा यसलाई लिनुपर्ने बताउनुहुन्छ। ‘यो कुनै एउटा पार्टीको मात्रै होइन समग्र महिलालाई गर्व लाग्ने विषय हो’ उहाँ भन्नुहुन्छ।

युवा नेता राम कुमारी झाँक्रीले महिला आन्दोलनको मुद्दा स्थापित भएको फलस्वरुप यस निर्णयलाई लिनुपर्ने बताउनुहुन्छ। ‘यो आम महिलाका लागि निकै खुशी र गौरवयोग्य कुरा हो’ उहाँ भन्नुहुन्छ।

यसैगरि अधिकारकर्मी सुमी लामाले महिला आउनु एकदम गर्वको कुरा भएपनि एक ठाउँमा मात्रै नभइ समानुपातिक रुपले सवै ठाउँमा आउनु पर्ने बताउनुभयो। महिला जुन पदमा आएपनि महिलाको मुद्दामा गम्भीर भई सम्बोधन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

प्रकाशित मितिः २०७२ असाेज २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: