महिला खबर
रुकुम, असोज २८ । रुकुमको उत्तर पश्चिमी गोतामकोट गाविसमा ७१ प्रतिशत बालविवाह हुने गरेको जिल्ला बाल संरक्षण समितिले जनाएको छ । जिल्ला बालसंरक्षण अधिकृत मानवीर ओलीका अनुसार गोतामकोटमा यस वर्षमात्रै ५८ जोडीले विवाह गरेका छन्। तीमध्ये ४१ जोडीको वालविवाह भएको छ।
रुकुममा बालविवाह मुख्य चुनौती बनेको भन्दै यस्तो विवाहलाई कानुनी कारबाही हुने अधिकृत वलीले बताउनुभयो।उहाँका अनुसार जिल्लाका दुर्गम गाविस स्यालाखदी, रन्मामैकोट, चुनवाङलगायतका गाविसमा १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ।
प्रकाशित मितिः २०७२ असाेज २८ बिहीवार
Comment Here!