महिला खबर
काठमाडौं, असोज २८ । काठमाडौंमा भइरहेको गैर आवासीय नेपाली संघ (एन आर एन)को सातौं विश्वसम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन आज गर्दैछ । नयाँ नेतृत्व चयनका लागि महासचिव सहित महिला विभागीय पदमा पाँच जना महिलाले उम्मेदवारी दिएका छन् । भने अरु सबै पदमा पुरुषको मात्र उम्मेदवारी परेको छ ।
महासचिवको उम्मेदवारमा अष्ट्रेलियाकी रञ्जु वाग्ले थापा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी तीन जना पुरुष रहेका छन् । रञ्जुले महिलाको मौलिक, सामाजिक र राजनीतिक हक र अधिकारको लागि ग्लोबल महिला संयोजकसँग मिलेर काम गर्न आफ्नो उमेदवारी दिएको बताउनुभयो । उहाँले खाडी मुलुकमा श्रम गर्ने नेपाली दिदीबहिनीको समस्याहरू नेपाल सरकार र सम्बन्धीत मुलुकका अधिकारीसंग समन्वय गरी समस्या समाधानको लागि काम गर्ने मूल एजेन्डा रहेको बताउनुभयो ।
त्यसैगरी महिला संयोजकका उम्मेदवारमा रुसकी सपिला राजभण्डारी , इजरायलकी भगवती बस्नेत र बेल्जियमकी रजनी प्रधान प्रतिशप्रदामा रहनु भएको छ । आगामी चुनावमा उपाध्यक्ष पदका लागि महिलालाई अनिवार्य समावेश गर्ने गरी यो सम्मेलनले विधान संशोधन गरेको छ ।
आज सबै चुनावी प्रकृया पूरा गरी नयाँ नेतृत्वको समेत घोषणा हुनेछ । विश्वका विभिन्न देशबाट आएका झण्डै १ हजार एनआरएनहरूले मतदान गरेर नयाँ नेतृत्वको चयन गर्नेछन् । विभिन्न देशका एनआरएन नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति २०७२ असोज २८ गते बिहीवार
Comment Here!