महिला खबर
काठमाडौं, असोज २८ । माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले यसवर्षको सी टेन अन्तर्राष्ट्रिय पुरस्कार पाउनुहुने भएको छ । बालअधिकार स्थापनाका लागि उहाँले गरेको योगदान र बालबालिका बेचबिखनविरुद्ध सक्रिय भएको भन्दै उहाँलाई सम्मानित गर्न लागिएको हो ।
नोभेम्बरको ८ देखी १० तारिकमा स्वीडेनको राजधानी स्टकहोममा हुने कार्यक्रममा कोईरालालाई चाईल्ड १० (सी टेन) अवार्डले सम्मानित गरिने माईती नेपालका कार्यक्रम अधिकृत सविन गुरुङले जानकारी दिनुभयो ।
पुरस्कारको राशी १ लाख स्वीस क्रोनर रहेको छ । यो अवार्ड पाउने कोईराला दोस्रो नेपाली महिला हुन् । यसअघि गएको वर्ष शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले यो पुरस्कार पाउनुभएको थियो । कोइरालाले सन् २०१० मा सीएनएन हिरो अवार्ड पनि पाउनु भएको थियो । सन् १९९३ मा स्थापित माईती नेपालले अहिलेसम्म २९ हजार बढी संख्यामा महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।
प्रकाशित मिति : २०७२ असाेज विहिवार
Comment Here!