महिला खबर
ललितपुर, असोज २८। एनेकपा माओवादीले ओनसरी घर्तीलाई सभामुख पदका लागि अघि सारेको छ। यसअघि उपसभामुख रहनुभएकी घर्ती मन्त्रीमा आउने चर्चा थियो।
सभामुखमा नेता गिरीराजमणि पोखरेललाई पठाउन चाहेको एमाओवादीले पोखरेलले सक्रिय राजनीतिमा बस्ने इच्छा देखाएपछि घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको बताइएको छ।
यसअघि हिजो घर्तीले उपसभामुखबाट राजीनामा दिनुभएको थियो ।
यसैबिच सहमतीय आधारमा सभामुख छान्ने संसद सचिवालयले दिएको आजसम्मको म्याद सकिएकाले भोली बहुमतीय आधारमा सभामुखको निर्वाचन हुने छ।
प्रकाशित मितिः २०७२ असाेज २८ गते बिहीवार
Comment Here!