महिला खबर
धनगढी, आसोज २९ । बनेको कानुन कार्यान्वयन हुन नसक्दा पीडित महिला झनै पीडामा पर्ने गरेको सरोकारवालाहरूले बताएका छन् । ‘महिला हिंसाका सवाल कानुन कार्यान्वयनका चुनौती र समाधानका उपाय’ विषयक संवाद कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन
कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले कानुनको कार्यान्वयन हुन नसक्दा पीडितले न्याय पाउन नसकेको बताउँदै हिंसा विरुद्ध विद्यमान कानुनको कार्यान्वयनले मात्रै पीडितले न्याय पाउने बताए । ‘कानुनको समस्या होइन, कानुन कार्यान्वयनको समस्या भएकाले कानुन कार्यान्वयनले मात्रै हिंसालाई निरुत्साहित गर्छ’ उनले भने ।
चापागाईले आफ्नो कार्यकालमा महिला हिसा गर्ने अपराधी फुत्केर जान नसक्ने बताए । ‘म महिला हिसाका घटनामा धेरै सिरियस छु’ उनले भने ‘मेरो कार्यकालमा कुनै अपराधी उम्केर जाने छैन ।’
कार्यक्रममा बोल्दै कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले सकारात्मक सोचको सुरुवात आफैबाट गरेमा महिला हिंसामा न्युनिकरणमा सधाउन पुग्ने बताए । महिला तथा बालबालिका कार्यालय कैलालीकी अधिकृत हरिप्रिया बमले बनेको कानुन समयमा कार्यान्यवन भएमा हिंसा पीडित महिलाले न्यायको अनुभूति गर्ने बताईन् ।
एडजस नेपालकी अध्यक्ष चित्र पनेरुले भएको कानुनलाई कार्यान्वयन गर्न दबाब दिनुपर्ने बताईन । उनले बहुविवाह र अश सहित सम्बन्ध विच्छेदका मुद्धामा फैसला भएका मुद्धा समयमा कार्यान्वयन नभएको बताएईन् ।
प्रकाशित मिति २०७२ असोज २९ गते शुक्रवार
Comment Here!