लिपुलेकबाट फर्किएकी छोरीको बयान


प्रकाशित मिति :2015-10-16 14:34:50

तपाई विरामी हुनुभयो भने टीम नै फर्कनुपर्छ भन्ने साथीहरू यात्रामा औषधी खाँदै हिँडे तर, मलाई कुनै समस्या भएन । लिपुलेकको १ नम्बर पिलरमा नेपाली झण्डा गाडेर म राष्ट्रियताको पक्षमा मात्रै होइन, मेरै संगठन अखिल क्रान्तिकारीभित्र पनि ‘महिला कमजोर हुन्छन्’ भन्नेलाई जवाफ दिन चाहन्थें । यसो गर्न म सफल भएँ । 

  सुशीला चौधरी

11260834_888605421221492_5541268353157506404_nललितपुर, असोज २९ । राष्ट्रियता र स्वाधिनताको झण्डा बोकोर यही साउन २७ गते दार्चुलाको लिपुलेख चढ्ने निधो भो । मौसम हेरेर कदम चाल्ने सोच बनायौँ । नेपालीहरू भूकम्पको पीडा भोगिरहेको बेला चीन र भारत बीच लिपुलेक सम्झौता भयो । जुन कुरा नेपाललाई जानकारी समेत भएन । त्यसविरुद्ध लिपुलेक जाउँ भन्ने अभियानमा म पनि आवद्ध भएँ । जब–जब राष्ट्रियताको विषय उठ्छ नेपालीहरू एकताको आवाज बोल्ने गर्दछन् । मैले त्यही एकतामा एउटा इट्टा थप्ने निधो गरेकी थिएँ ।

देश भूकम्पको पीडामा थियो । यही मौका छोपेर भारत र चीनले किन नेपाली भूमिका सम्बन्धमा सम्झौता गरें । कसैले न कसैले त त्यसविरुद्ध बोल्नुपर्छ भनेर हामी काठमाडौंदेखि दार्चुला जाऊँ भनेर निस्कियौं ।

चूनौतिपूर्ण यात्रा तय गरेका थियौं । साउन महिना पानी परिरहेको थियो । प्राकृतिक रुपमा पनि हाम्रा अगाडि थुप्रै समस्या थिए । भौगोलिक कठिनाई हुन्छ भन्ने थाहा पनि थियो । लिपु पाँच हजार मिटरभन्दा अग्लो लेक हो ।
राष्ट्रियताको आवाज बोल्न लिपुलेक पुग्ने र राष्ट्रिय झण्डा फहराउने इच्छा मनमा पलाएको थियो । कालापानी र लिपु हाम्रो हो । भारत चीन खबरदार भन्दै हाम्रा पाइला त्यता केन्द्रित थिए ।

अखिल क्रान्तिकारीको केन्द्रीय सचिव मात्रै होइन पहिला म नेपाली छोरी हुँ । मेरो देशमा विदेशीले आँखा लागेको देख्न सक्दिनँ । राष्ट्रको सुरक्षा गर्ने दायित्व मेरो पनि हो । मेरो मनमा यस्तै यस्तै कुरा खेलिरहेका थिए ।

मसँगै यात्रामा जाने अरु सबै पुरुष साथी थिए । यात्रा पूर्व पासाङ्ग ल्हामुको जिवन संघर्षको कुरा याद गरें । केहि पहिला उनको बारेमा केही बुझ्ने मौका पाएको थिएँ । म महिला भए पनि जानसक्छु भन्ने विश्वास थियो । हिडदै जाँदा स्वस्थ र बलिया भनिएका साथीहरू कमजोर हुँदै गए । लिपु जाने विषयमा छलफल हुँदा मलाई जानु हुँदैन भन्ने पुरुषसाथीहरू यात्राका दौरान पेनकिलर खाँदै हिडे ।

यहाँसम्मकी तपाई विरामी भयो भने टिमनै फर्कनुपर्छ भन्ने साथीहरू पनि थिए । उनीहरु औषधी खाँदै हिँडे । यति ठूलो टिम छ, तपाईको कारणले फर्कनु प-यो भने समस्या हुन्छ पनि भनियो । मलाई निरीह प्राणी ठानियो । म माथि शकां गर्नुको कारण महिला हिँड्न सक्दैनन् भन्ने बुझाइ थियो ।

उनीहरुको प्रश्नको जवाफ मैले लिपुको एक नम्बर पिलरबाट दिने प्रण गरे । मेरो मनमा म जानुपर्छ भन्ने भावना बलियो बन्दै गयो । लिपुको एक नम्बर पिलरमा सकुशल पुगेर राष्ट्रको झण्डा फहराउने अठोट गर्दै आफू प्रतिको विश्वासलाई झनै दह्रो बनाए । यसो गरेर मैले मलाई तिमी जान सक्दैनौ भन्नेहरुलाई मिठो जवाफ दिनु थियो । यसो गरेर मैले विद्यार्थी संगठनका साथीलाई महिला कमजोर होइनन् भन्ने सन्देश पनि दिनु थियो ।
हिँडेको पहिलो दिनमै रजस्वला भयो । त्यो मलाई ठूलो समस्या थिएन । हिँडाईमा केहि कठिनाइ भयो । हाम्रो १८ जनाको टिम थियो । टिममा ५ जना पत्रकार, ९ जना विद्यार्थी, ३ जान सहयोगी र १ जना बाटो देखाउने स्थानीय हुनुहुन्थ्यो ।

यात्रामा रहेका सबैजसो पुरुष साथीहरु हिड्न नसकेर पेनकिलर खाँदै गए । तर कमजोर भनिएकी मलाइ भने खासै समस्या भएन । लिपुमा नेपाली झण्डा गाड्ने साहस थियो । वेपत्ता पारिएकी दिदी र सेनाले हत्या गरेको दाईका सपना मनमा थियो । यसैले होला मलाई भौतिक कठिनाईसँग जुध्न समस्या थिएन ।

635778157089805691

दार्चुला सदरमुकामबाट लिपुलेक हिँडेको ५ दिनमा हामी एक नम्बर पिलरमा पुग्यौं । बाटोमा खान केही प्याकेट बिस्कुट र चाउचाउ बोकेका थियौं । बाटोमा जे पाइन्थ्यो त्यही खायौं । पाँच दिनको यात्रामा मात्र एक दिन भोकै हिड्नु प-यो । नेपाल हुँदै जाने बाटो निकै अप्ठारो थियो । हामीले नेपाली भूमिमात्र प्रयोग गरेका थियौं ।

त्यो ठाउँमा सबै सामान भारतबाट आउने गर्दछ । लिपु पुगेर साढे चार दिनमा फर्कियौं । लिपु पुग्नुभन्दा अघिल्लो दिन सँगै गएका साथीहरुलाई अक्सीजनको समस्या भयो । लिपुको विवादित क्षेत्र पाँच हजार दुइ सय ५२ मिटर उचाइमा रहेको छ ।

लिपु पुग्ने बाटो सजिलो थिएन । केही साथीहरुले भारतको बाटो जाने प्रस्ताव पनि गरे । त्यो पनि लिपु हिँडेको चार दिनपछि । पुरुष साथी हिड्न नसकेर खच्चडमा चढे । त्यहा पुगेर तत्काल परिणाम देखाउन नसकिए पनि जनतामा जागरण पैदा गर्नु थियो । अझैपनि लिपु सम्झौत हल हुन्छ कि हुँदैन भन्नेमा शंका छ ।

लिपुको एक नम्बर पिलरमा झण्डा गाडेर फर्केको टोलीलाई दाङका एक नेताले बधाई दिए । तर, नेकपा ड्यास माओवादीमा रहेका ठूला भनिएका कुनै पनि महिला नेताले मलाई के छ भनेर समेत सोधेनन् । महिला नेताले त वास्ता गरेनन् भने पुरुष नेताले वास्ता गरेनन भनेर के चित्त दुखाउनु ? यो कुरा लिपुबाट फर्किएपछि मेरो मनमा गहिरोसँग बिझेको छ ।

हिँड्नु अघि आमाले फोन गर्नुभएको थियो । बाटा भरि उहाँको फोन आइरह्यो । स्वस्थ्यको ख्याल गर्न भनिरहनु हुन्थ्यो । मैले आमालाई तैंले सक्दिनस भन्नुभयो भने म कमजोर हुन्छु भनेपनि आमाले मेरो साथ छ भन्नुभयो । आमाको साथले अझ हौँसला बढ्यो ।

लिपुबाट घर फर्किएपछि आमालाई फेरी भेटें । युद्धका बेला बेपत्ता भएकी मेरी ठुली दिदीका बारेमा आमालाई गाउँका मान्छेहरुले अहिलेपनि पटक पटक तेरो छोरी जस्तैलाई काठमाडौंको जेलमा राखेको छ भनेर सुनाइदिँदा रहेछन् । अनि आमा बिचलित हुनुहुँदो रहेछ । आमाको आँखामा छोरी फर्कने आशा पलाउँदो रहेछ । तर, छोरी खोज्ने आमालाई म कहिल्यै सम्झाउन सकिन । यस पटक मैले आमालाई ढाडस दिएर भनें, ‘नेपाल आमामाथि भैरहेको हस्तक्षेपविरुद्ध त म बोल्न सक्छु नि आमा !’

(सुशिला चौधरीसँग गरिएको कुराकानी । उनी दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्ने यात्रामा सहभागी १८ जना मध्ये एक हुन ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: