ओनसरी घर्ती भइन् नेपालको पहिलो महिला सभामुख


राप्रपा नेपालका गंगा यादव उपसभामुख

प्रकाशित मिति :2015-10-16 19:42:22

महिला खबर

onsaकाठमाडौं, असोज २९ । नेपालको इतिहासमा पहिलो सभामुखमा ओनसरी वनसरी घर्तीमगर निर्वाचित हुनुभएको छ । निवर्तमान उपसभामुख घर्ती सभामुखमा र राप्रपा नेपालका नेता गंगा यादव उपसभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो ।उहाँहरुले सत्तारुढ दलहरूको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई मतदान गरेको नेमकिपाले सभामुख र उपसभामुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध हुनुभएको हो ganga

घर्तीको प्रस्तावकमा नेकपा एमालेका सांसद विद्या भण्डारी र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद कुन्ती शाही र बहुजन शक्ति पार्टीका सांसद् विश्वेन्द्र पासवान हुनुहुन्थ्यो । घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि समर्थन गरेको थियो ।

नेमकिपाका तर्फबाट सभामुखमा अनुराधा थापा र उपसभामुखमा डिल्ली प्रसाद काफ्लेले उम्मेदवारी दिनुभएको थियो ।
एमाओवादी सभासद घर्तीले यसअघिको संविधानसभा र व्यवस्थापिका संसदमा उपसभामुखको रूपमा काम गरिसक्नुभएको थियो । निर्वाचित भएपछि प्रतिक्रया दिँदै उहाँले सवैदलको भएर आफूले काम गर्ने बताउनुभयो

को हुन् ओनसरी

गाउका जमिन्दारले एउटा गरिब परिवारलाई उठिवास लगाएको घटनाले उनको मनमा निक्कै गहिरो प्रश्न खडा ग¥यो । समाजमा कसैले किन अर्कोको पसिना चुस्छ र कोही किन जिवन भर काम गरेर पनि विरामी पर्दा औषधी गर्न आफै बन्धकी बस्नु पर्ने हुन्छ जस्ता प्रश्नहरू उनको मनमा खेल्थे । त्यहि असमानताविरुद्ध उनको पाइला आन्दोलनतिर लम्कन थाले । उनलाई यसको समाधानको बाटो थाहा थिएन तर, समाजमा धनी र गरिब बिचको अन्तर नभएको न्यायपूर्ण समाजको कल्पना गर्थिन् । न्यायपूर्ण समाजको कल्पना गर्ने ति महिला हुन् भर्खरै व्यवस्थापिका संसदको सभामुखमा निर्वाचित ओनसरी घर्तीमगर ।

1513753_10204204275981591_8227899411201539625_n
रोल्पाको जङ्कोट १ मा आमा नौमति घर्तीमगर र बुवा प्रसाद घर्तीमगरको सन्तानका रुपमा ओनसरीको जन्म २०३४ साल कात्तिक २८ गते भएको हो । समाजमा रहेको धनी र गरिब बिचको असमानता, शहर र गाउ बिचको विभेद अनि गाउका जमिन्दारले गरिव गाउले माथि गरेको ज्यादती जस्ता असमानताले नै बाल्यकालबाटै घर्तीले मुक्तिको सपना देख्न थालेकी थिइन् ।

मध्यम किसान परिवारमा जन्मिएकी वनसरीको बाल्यकाल आर्थिक हिसाबले धेरै दुःख गर्नु नपरेपनि समाजमा व्याप्त असमानता र विभेदले आन्दोलनमा सक्रिय हुनका लागि घच्घचाइरहेको थियो ।

सानैबाट विद्यार्थी संगठनमा सक्रिय हुन थालेपछि उनले आफ्नो सपना आन्दोलनबाटै प्राप्त हुने कुरा बुझन् थालिन् । २०४५ सालमा जब निरकुंश राजतन्त्रविरुद्ध आन्दोलन अघि बढ्दै थियो त्यतिबेला उनले पाएको जिम्मेवारी पञ्चायती शासनविरुद्ध हातले पर्चा छाप्नु थियो । त्यतिबेला उनका सहकर्मीले रातारात सयौँ पर्चा हातले लेखेका थिए ।

सामाजिक विसंगति ,विभेद र अन्यायकाविरुद्ध न्यायपूर्ण समाज स्थापना गर्ने लक्ष्य सहित अघि बढेको उनको यात्रा समयक्रमसँगै सक्रिय राजनीतिक गन्तब्य तर्फ अघि बढ्दै गयो ।
२०४६ सालको राजनीतिक परिवर्तनले समाजमा कुनै सुधार गर्न नसकको भन्दै तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेबाट शसस्त्र युद्ध सुरु गर्ने तयारी गरिरहेको थियो । जमिन्दारको शोषणविरुद्ध बाल मस्तिष्कले देखेको विद्रोहको सपना यर्थाथमा बदल्ने भन्दै सुरु गरिएको युद्धमा वनसरी पनि होमिइन् ।

रोल्पाको होलेरी चौकीको आक्रमणमा ओनसरीसहित तिन महिला र अन्य पुरुष युवा सहभागी थिए । फागुन १ गतेको यो पहिलो आक्रमणको खबर विश्वका अन्य मुलुकमा समेत एकैछिन्मा फैलिएको थियो । राज्यको चौतर्फी दमन बढेपछि माओवादी कार्यकर्ताको जीवन रात भर हिड्ने र दिनभर भुमिगत रुपमा घर भित्रै रहने हुँदै अघि बढेको थियो । यस बिचमा ओनसरी घर्तीले पनि प्रहरी घेराबाट फुत्किन सफल भएका घटना थुप्रै छन् । शसस्त्र युद्ध पूर्व राज्य पक्षले चलाएको रोमियो अप्रेशनको क्रममा हतियार बोकेका प्रहरीले निशस्त्र युवालाई झुठा मुद्दामा गिर्फतार गर्दा स्थानिय महिलाले प्रहरीलाई घेरा हाली हतियारसम्म खोसेर अन्तत आफ्ना गाउँका युवाहरूलाई बचाएको घटना नेता वनसरीको दिमागमा ताजै छन् ।

०५२ सालमा नै ओनसरीको विवाह नेता वर्षमान पुनसँग भयो । युद्ध भित्रै वैवाहिक जीवनमा बाँधिएकी उनी युद्धकै क्रममा आमा बनिन् । पेट भित्रको बच्चा सात महिना पुग्दा न त उनले कहिल्यै विशेष आराम चाहिन वा आफ्नो कार्यक्षेत्र नै छोडिन् । युद्धका क्रममा सात महिनाको बच्चा पेट भित्र लिएर दुश्मनको घेरा तोड्न उनी पनि अरु साथीहरुसँगै भागिन् । हाम फाल्दै भाग्ने क्रममा उनले सात महिनामै छोरीलाई जन्म दिइन् । अबधि नै पुरा नभै जन्मिए पनि बच्चाको स्वास्थ्य स्थिति राम्रै थियो । सुत्केरी भएको तीन दिनमा प्रहरीले घेरा हालेपछि फेरी त्यस ठाउबाट उनी बच्चासहित प्रहरीको घेराबाट फुत्किन सफल भईन् । फौजी कलामा पोख्त ओनसरी बच्चा जन्मिएपछि केही समय प्रत्यक्ष लडाईमा नगए पनि उनीसँग आत्मरक्षाका लागि एउटा बन्दुक सँधै साथमा रहन्थ्यो । कलाकारबाट सुरु भएको उनको राजनीतिक जीवन विद्यार्थी हुँदै सैन्य क्षेत्र, भुगोल हँुदै अघि बढ्यो ।

12122867_697448810390125_7678257699866240765_nनालापानीको किल्लामा महिलाले पिठ्युमा बच्चा बोकेरै अंग्रेजविरुद्ध लडेर रचेको इतिहास जस्तै नयानया सहासिक इतिहास माओवादी युद्धका क्रममा पनि रचिएका छन् । अन्य साथीहरूले जसरी भाग दौड गर्दै प्रतिकुल स्थितिको सामना गर्दथे त्यसरी नै वनसरीले पनि बच्चा पिठ्युमा बोकेरै साथमा बन्दुक भिरेर परिस्थितिको सामना गर्दथिन् ।
जनताले कठिन भन्दा कठिन मोडमा पनि उनलाई दुश्मनको दृष्टिबाट लुकाएर सुरक्षा दिएका क्षणहरू उनी अहिले पनि सम्झन्छिन् । छोरी दुई वर्षकी भएपछि घरमा छोडेर उनी पुन कार्यक्षेत्रमा फर्किन् । त्यसपछि उनले दाङ जिल्लाको इन्चार्ज भएर भुमिका निर्वाह गरिन् । ०५८ सालमा उनले पुनः सैन्य क्षेत्रमा जिम्मेवारी लिँदै पुर्वाञ्चल क्षेत्रमा बटालियन कमिसारको भुमिका निर्वाह गरिन् । पूर्व र पश्चिममा गरी उनले दर्जनौ लडाईमा आफ्नो भुमिका निर्वाह गरेकी छन् ।

अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएकी ओनसरी युवा तथा खेलकुद मन्त्री रहिसकेकी छन् । संविधानसभाको दोस्रो निर्वाचनमा उनले रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्षबाट चुनाव जितेकी हुन् । उनले दोस्रो संविधानसभामा उपाध्यक्षको भूमिका निर्वाह गरिन् । युद्धको मोर्चामा मात्र होइन, संसदीय मोर्चामा पनि आफ्नो जिम्मोवारीलाई इमान्दारितापूर्वक निर्वाह गरिन् ।
त्यही सफलताको परिणाम हो उनी अहिले नेपालको इतिहासमै पहिलो महिला सभामुखका रुपमा नाम लेखाउन पनि सफल भइन् ।

प्रकाशित मिति २०७२ असोज २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: