आफ्नै बाबुबाट बलात्कारमा परेपछि उजुरी


प्रकाशित मिति :2015-10-18 11:17:26

महिला खबर

बुटवल,कात्तिक १। रुपन्देहीको तिलोत्तमाकी एक किशोरी पटक पटक आफ्नै बाबुबाट बलात्कारमा परेको खुलासा भएको छ। ५६ वर्षीय फोर्स बहादुर कुमालले आफ्नै छोरीमाथि बलत्कार गरेका हुन्। आफ्नै छोरीलाई पटक पटक बलत्कार गर्ने उनलाई अहिले बुटवल प्रहरीले पक्राउ गरेको छ।

६ महिना यता उनले पटक पटक १७ वर्षे किशोरी छोरीलाई धम्काउदै बलत्कार गरेका थिए। कसैसँग बताए मारीदिन्छु भन्ने धम्की दिएकाले सुरुमा छोरी चुप लागेर आफ्नै बाबुको यातना सहेकी थिइन्।

पटक पटकको बलात्कार सहन नसकेपछि असोज अन्तिम सातामात्रै किशोरीले आमालाई पीडा सुनाएकी थिइन्। आमाकै सहयोगमा इलाका प्रहरी कार्यालयमा उनले किटानी जाहेरी दिएकी थिइन्।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत रुपन्देहीमा हाडनाता र जवरजस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले साँझमा अत्यधिक मदिरा सेवन गर्ने भएकाले मदिराले होस गुमाउँदा आफ्नै छोरीलाई करणी गर्ने गरेको दाबी अभियुक्तले गरेको बयान प्रहरीलाई दिएको बताउनुभयो।

प्रकाशति मिति :  २०७२ कात्तिक १ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: