चाडवाडमा महिला असुरक्षित


महङ्गा गहना नलगाउन प्रहरीको अनुरोध

प्रकाशित मिति :2015-10-18 13:15:45

खेमा बस्नेत

धनगढी,कार्तिक १। चाडबाड नजिकिंदै गर्दा सर्वसाधारणले आफ्नो जीउधनको सुरक्षाको लागि चनाखो हुनुपर्ने देखिएको छ। त्यसमा पनि महिलाले आफ्ना क्रियाकलाप गर्दा अझ बढी होसियारी अपनाउनु पर्ने छ। उनीहरूले चाडपर्वको समयमा गरगहनालगायत मंहगा पहिरन लगाउने भएकाले त्यसको सुरक्षाको लागि चनाखो हुनुपर्ने भएकोे हो।

शनिबार धनगढीमा लुटपाटको घटनाले पनि यो तथ्यलाई पुष्टि गरेको छ। शनिवार एक महिला दिनदहाडै लुटिएकी छिन्। आफ्नो पसल बसिरहेकी उनीमाथि एकाएक आक्रामण भयो। घाँटीमा लगाएको सुनको सिक्री लुटियो।

ग्राहकलाई सामान वेचिरहेको अवस्थामा एक युवक पसलमा ग्राहकको आए। अरु ग्राहक गइसकेपछि ग्राहकको शैलीमा उनले सामान मागे। सामान देखाएर ती महिलाले समानतिर हेरेको अवस्थामा ती युवकले घाँटीमा लगाएको सिक्री थुतेर फरार भए।

सिक्री लगेर लुटेरा फरार भए। लुटेरा दौडेर भागेपछि उनी पनि स्कुटरमा पिछा गरिन्। आफन्तलाई बोलाईन्। भाग्दै गएका लुटेरा भाग्ने ठाउँ नपाएपछि समातिए। महिलाले आफ्नो गहना जोगाउन सफल भइन्।दिउँसै लुट्न खोज्ने धनगढी बस्ने २५ वर्षीया राज शाहलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई वडा प्रहरी कार्यालयमा राखिएको वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज मनोहरप्रसाद भट्टले बताए।

यसरी घरबाटै लुटिन थालेपछि यहाका महिला त्रसित बनेका छन्। घरमा पुरुष नभएको परिवारका महिलाले अझ बढी असुरक्षा महसुस गरेका छन्। चाडपर्वको वेला टाढा रहेका राम्रा नराम्रा आचरणधारी मानिसहरूको आवतजावत हुने भएकाले अपराधीले मौका छोप्ने गर्दछन्।धनगढी बजारमा दिउँसै भएको यो घटनाले पनि चाडपर्वमा अपराधिक गिरोह सक्रिय भइसकेको देखाएको प्रहरीले जनाएको छ।

महङ्गा गरगहना नलगाउने र लगाएर घर बाहिर एक्लै नजाने, अवेरसम्म घुमफिर नगर्ने, शंकास्पद मानिससँग घुलमिल नगर्ने र अनावश्यक प्रलोभनमा नपर्ने र किनमेल गर्दा आफन्त वा साथीसँग सँगसँगै गर्न समेत प्रहरीले आग्रह गरेको छ।

यद्यपी वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक मनोहर प्रसाद भट्टटले सुरक्षाको प्रवन्ध कडा तुल्याइएकोले डराउनुपर्ने अवस्था नभएको बताए।’महिला मैत्री सुरक्षा अपनाएका छौ’ भट्टले भने’ डराउनु पर्ने अवस्था छैन।’

प्रकाशित मितिः २०७२ कात्तिक १ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: