जमुना वर्षा शर्मा
पोखरा, कात्तिक २। दसैंको चहलपहल शुरु भएसँगै पार्लर व्यवसायी महिलालाई यतिबेला भ्याइन नभ्याइ छ। त्यसो त अघिल्ला वर्ष जस्तो दसैंको रमझम उल्लास यतिबेला देखिँदैन, पेट्रोललगायका इन्धन र आकासिएको खाद्यान्नको मुल्यले सर्वसाधरण दसैंको वातावरणमा त्यति रमाउन सकेका छैनन्।
तथापि आफ्नो व्यक्त्वि र सौन्दर्यलाई सदाबहार ताजै राख्ने कामकाजी एवं गृहिणी महिलालाई पनि यतिबेला पार्लरमा भेट्न सकिन्छ। पोखरामा स्थापित एवं नाम चलेका पार्लरमा यतिबेला सेवाग्राही महिलाको भिड बढेको छ।
स्वास्थ्यसँग जोडिएको विषय भएकाले सौन्दर्यसँग सचेत महिला पार्लर आएको गुरुङ्ग व्यूटि पार्लरका संचालक चिनु गुरुङ्गले बताउनु भयो। आफ्ना चार वटा शाखाबाट ३९ जना कर्मचारीले यतिबेला दैनिक २ देखि ३ सय जना सेवाग्राहीेलाई सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो।
इन्धन अभावले टाढा टाढाका सेवाग्राही आउन नसके पनि पायक पर्ने र हिँडेर आउन सकिने ठाउँका महिला दसैंलाई लक्षित गरेर पार्लर आइरहेका छन्। यो असहज परिस्थितिमा सेवाग्राहीको उपस्थिति सोचेको भन्दा धेरै राम्रो भएको पनि गुरुङ्गको भनाइ छ।
पार्लरमा भेटिएकी शिक्षिका सविना मगरले दसैंलाई लक्षित गरेर हेयर स्ट्रेट गर्न पार्लर आएको बताउनुभयो। …सौन्दर्य सदाबहार आवश्यक छ तसर्थ समयको व्यवस्थापनसँगै यसलाई ध्यान दिनुपर्छ , दसैं राम्रो लगाउने र मिठो खाने चाड हो साथै सुन्दरताले थप ऊर्जा प्रदान गर्छ।’ मगरले भन्नुभयो।
हङ्गकङ्ग व्यूटि इन्टिच्युटमा दसैंलाई लक्षित गरेर थ्रेडिङ्ग,फेसियल, हेयर टि्रटमेन्ट, हेयर कट, हेयर स्ट्रेट र कर्लीगर्ने सेवाग्राही महिलाको चाप बढेका सन्चालक मिना गुरुङ्गले बताउनुभयो। ‘यतिबेलाको परिवेश र परिस्थिति केहि असहज छ तर, पनि सोचेको भन्दा धेरै महिला पार्लर आइरहेका छन्। विशेष गरी दसैंका अवसरमा फेसियल र हेयर सम्बन्धि सेवा लिने महिला धेरै भएकाले ७ जना कर्मचारीले विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिइरहेकेा गुरुङले बताउनुभयो।
प्रिष्टिना व्यूटि पार्लरमा पनि सेवाग्राही महिलाको चाप उत्तिकै छ। दसैंलाई लक्षित गरी पार्लर आउने अधिकाशं हेयर कट, स्ट्रेट र कलरिङ्ग, फेसियल, लागि आइरहेको संचालक इन्दु पुरीले बताउनुभयो। आफ्ना दुईवटा शाखा दैनिक ८ जना कर्मचारी खटेेको पुरीले बताउनुभयो। कति हतारमा आउनुहुन्छ, नभ्याउँदा ग्राहक फर्कनु परेको छ। हतारमा गर्ने सेवा नभएकाले आएका सबै ग्राहकलाई सेवा दिन यतिबेला गाह्रो भइरहेको पुरीले बताउनु भयो।
प्रकाशित मितिः २०७२ कात्तिक २ गते साेमवार
Comment Here!