पहिचान, अधिकार र अस्तित्वकालागि तमु महिला संगठित हुँदै


प्रकाशित मिति :2015-10-19 13:21:18

महिला खबर

पोखरा, कात्तिक २ । पहिचान, अधिकार र अस्तित्वकालागि तमुवान आन्दोलनलाई सशक्त बनाउन पोखराका तमु महिला एकजुट भएका छन् । तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशले पोखरामा आयोजना गरेको महिला भेलाले आन्दोलनलाई सशक्त बनाउन पुष्पा गुरुङको संयोजकत्वमा ३६ सदस्यीय तमुवान संयुक्त महिला संघर्ष समिति गठन गरेको गरेको छ ।

संघर्ष समितिका नवनिवार्चित संयोजक पुष्पा गुरुङले तमुवानको आन्दोलन पहिचान, अधिकार र अस्तित्वको आन्दोलन भएकाले महिला आन्दोलनमा सशक्त ढंगले उत्रने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अधिकार स्थापितकालागि तमुवानका महिला जतिसुकै कठिन परिस्थिति उत्पन्न भएपनि संघर्षरत रहने बताउनु भयो ।

भेलामा सहभागीहरूलाई अधिवक्ता जुनाकुमारी गुरुङले महिला अधिकार, तमुवान र आन्दोलनमा महिला सहभागिताका बारेमा प्रशिक्षण दिनुभएको थियो भने तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले तमुवान आन्दोलनको आवश्यकता र महिला सहभागिता बारेमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति: २०७२ कात्तिक २ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: