चाउमिन बेचेर मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाई


प्रकाशित मिति :2015-10-19 15:23:24

खेमा बस्नेत

कैलाली , कात्तिक २ । २०६२ सालमा धनगढीमा रहेको पार्कमोडमा ठेला व्यवसाय सुरु गरेका दिदी बहिनी आशा र अम्बिकाले अहिले मासिक ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् । २०६२ सालमा ५ रुपैयाँ कचौरामा गहुँको पिठोको झोलमा चाउमिन बेचेर दैनिकी गुजारा गर्दै आएका उनीहरूले अहिले मासिक ३० देखी ३६ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । आफ्नो व्यवसाय प्रति सन्तुष्ट भएको उनीहरू वताउँछन् ।

chaow

‘१० वर्ष भयो ठेलामा चाउमिनको व्यापार गर्न सुरु गरेको । यही व्यवसायवाट घरपरिवार चलेको, दैनिक १ हजार देखी १२ सय सम्म कमाई हुन्छ ’ आशा चौधरीले भनिन् । उनीहरूले दैनिक आम्दानी गरेको पैसा सहकारीमा जम्मा गर्छन् । जम्मा गरेको पैसा चाहिएको समयमा मात्र झिक्ने गरेको उनीहरू वताउँछन् ।

स्कुल तथा क्याम्पस पढ्ने किशोरीको विशेष रोजाईको नास्ता चाउमिन खान दैनिक ३० देखी ६० जना युवायुवती आउने उनीहरू बताउँछन् । चट्पटे,पिरो, अमिलो हुने भएकाले विशेष झोल चाउमिन खान आउने गर्छन्, १० वर्ष पहिला ५ रुपैयाँ पर्ने आधा प्लेट चाउमिनलाई अहिले २० रुपैयाँ र फ्राइ चाउमिन आधा प्लेटलाई २५ रुपैयाँ पर्छ’ उनले भनिन् ।

उनीहरूले भने ‘श्रीमानमात्रैले कमाउँदा घरपरिवारको खर्च चलाउन धेरै समस्या हुन्थ्यो । अहिले त्यो समस्या छैन, अहिले छोराछोरीलाई पढाउन खर्च चलाउन सहज भएको छ ।’कुनै सीप नसिकी व्यवसाय सुरु गरेका उनीहरूले पछि तालिम लिएर काम गर्दा धेरै फरक परेको वताउँछन् । सुरुमा झोल चाउमिन मात्र विक्री गर्ने गरेपनि तालिम लिएपछि सिमी, समोस बनाउन सिकेको र आम्दानी समेत बढेको उनीहरूको भनाइ छ ।

कैलालीमा महिलाको ठेला व्यवसाय तर्फ आकर्षण बढेको देखिन्छ । धेरै महिला ठेलामा गर्न मिल्ने व्यवसाय सम्बन्धि तालिम लिएर आत्मनिर्भर भएका छन् । धनगढीको पार्कमोडमा मात्रै ७ जना महिलाले लामो समयदेखी ठेलामा बिभिन्न व्यापार व्यवसाय गर्दै आएका छन् । धनगढी नगरपालिकोे तथ्यांक अनुसार धनगढी नगरभित्र जम्मा १ हजार ५२ रिक्सा ठेला दर्ता छन् जसमा नगरभित्र ९८ जना महिलाले ठेला व्यवसाय गर्दै आएको धनगढी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०७२ कात्तिक २ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: