महिलाको युग शुरु


प्रकाशित मिति :2015-10-19 16:07:31

महिला खबर 

पोखरा, कात्तिक २ । सभामुखमा ओनसरी घर्ती निर्वाचित भएपछि अब राजनीतिक वृत्तमा महिलाको युग शुरु भएको पोखरामा आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् ।  नवदुर्गाको अवसर पारेर राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालले आयोजना गरेको शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रममा प्रा. डा. दिलबहादुर क्षेत्रीले ओनसरी घर्ती सभामुख भएर महिला शक्ति र क्षमतालाई सावित गरेको भन्दै यससँगै अब महिलाको युग शुरु भएको बताउनुभयो । उहाँले भारतले लगाएको नाकाबन्दी हेपाहा प्रवृत्तिको ज्वलन्त उदाहरण भएको भन्दै स्वाभिमानी नेपालीले राष्ट्रियताको लडाइमा झुक्न नहुने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले परापुर्वकालमा जस्तै अब महिला शक्तिको पुनरावृत्ति हुन लागेको भन्दै अब समाजले काँचुली फेर्ने संकेत गरेको बताउनुभयो ।

समितिका अध्यक्ष प्रा.डा. भवानीप्रसाद पाण्डेले अनुत्पादक श्रममा जिवन विताएका महिला अघि सरेर राष्ट्र निर्माणको अभियानमा सामेल हुनुपर्ने बताउनुभयो । हिमाल, पहाड, तराई, जातजाति समृद्ध नभएसम्म मुलुकले स्थायित्व, शान्ति र समृद्धि प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो ।

सचेतना समाज पोखराका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र थापामगरले महिलालाई लक्ष्मी, सरस्वती, दुर्गाका प्रतिमुर्ती भनिएपनि सदियौंदेखि उनीहरूलाई नै थिचोमिचोमा पारिँदै आएको भन्दै अब अधिकारविहीन महिलाको न्यायका लागि लड्नु पर्ने बेला आएको बताउनुभयो ।

सो अवसरमा समितिका महासचिव रामबहादुर पौडेलले नेपालको सभामुख जस्तो गरिमामय पदमा पहिलो पटक महिला पुग्न सफल भएकोमा खुशी प्रकट गर्नुभयो । नयाँ संविधान प्राप्तिसँगै देखिएका अवरोधलाई चिर्न राजनीतिक दलहरू अग्रसर भएर लाग्न सुझाव दिनुभयो । उहाँले राष्ट्रिय स्वाधिनतको लडाईंमा नेपालीको जित हुने विश्वास व्यक्त गर्नुभयो ।

यस अवसरमा विभिन्न क्षेत्रका पाँचजना महिलालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा, पोखरा नगरस्तरीय महिला समन्वय समिति अध्यक्ष पवित्रा गुरुङ, मानव मिलन नारी जागरणका अध्यक्ष सावित्री शर्मा, महिला मानव अधिकार रक्षक संजालका संयोजक सरिता थापा, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका उपाध्यक्ष शशि तुलाचनलाई समाज रुपान्तरणमा क्रियाशील भएको भन्दै पञ्च देवीको रुपमा सम्मान गरिएको हो ।

प्रकाशित मिति: २०७२ कात्तिक २ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: