अराजक कविः शालिन सिर्जना


प्रकाशित मिति :2015-10-21 10:35:57

कृतिः लाटो पहाड
विधाः कथा
कथाकारः उपेन्द्र सुब्बा
पेजः २१५
मूल्यः ३०० रुपैयाँ
प्रकाशकः फिनिक्स बुक्स
प्रकाशन वर्षः २०७१ चैत्र

नुनुता राई

12088345_1033385870025891_2212136745524376098_nउपेन्द्र सुब्बाकोे कविता संग्रह ‘खोलाको गीत’ पढिसके पछि मलाई लागेको थियो– साहित्यको भाषा सर्वसाधारणले बुझ्ने गरीको सरल पनि हुँदो रहेछ । उनको कविताले साहित्य भनेको जटिल हुन्छ भन्ने मेरो भ्रम हटाइदिएको थियो । त्यसपछि म उपेन्द्र सुब्बाको फ्यान भएँ । कविले ‘खोलाको गीत’ कविता संग्रहमा हाम्रो समाजको यथार्थ चित्रण गरेका छन् । उनले आफ्ना बाउ र आफुबीच भएको फरक दुई हरफ मै मजाले कवितामा उतारेका छन् ।

 गाउँमा बाउ हलाे  जोतिराछन् 
म शहरमा टाउको जोतिराछु।

उनले यसरी धेरै नेपाली युवा र तिनका अघिल्लो पुस्ताका बीचको अन्तरको चित्रण गरेका छन् ।
यी कविको पहिलो कथा संग्रह लाटो पहाड हालै प्रकाशित भएको छ । यस संग्रहमा १३ वटा कथा समावेश छन् । स्थानीय बोलीचालीको भाषामा लेखिएको ‘लाटो पहाड’ पूर्वीय आदिवासी लिम्बुहरुको सामाजिक परिवेश र संस्कृतिको ऐना हो भन्न सकिन्छ । यस कथा संग्रहको मुख्य आधार पूर्वमा रहेका लिम्बू जातिको सँस्कृति र समाज हो ।

सामान्यतया जनजाति समुदायमा लिँगभेद हुदैन भनेर भने पनि त्यो अलि फरक ढंगले कायमै छ । कथाकारले यो कुरा मनमाया शीर्षकको कथामार्पmत् प्रष्ट पारेका छन् । कथामा मनमाया नामकी एउटी बालिका छिन् । आमाबाबुले उनलाई सानैमा स्कुलबाट छुटाइदिए । तर उनको भाइ भने स्कूल जान्थ्यो । यस कथाले जनजाति समुदायका छोरीचेलीहरु कस्ता लि“गभेद् भोगिरहेका छन् र कसरी अशिक्षित बनिरहेका छन् सन्देश दिएको छ ।

लाटो पहाड कथा संग्रहले आधुनिक समय र समाजकोे प्रतिनिधित्व गर्छ । सुगुत कथाले समाजको अन्धविश्वास अथवा रुढीबादी सोचा“ईको कारण अझै पनि बेकारमा दुःख भोग्न बाध्य समाजको यथार्थ छर्लङ्ग पारेको छ । कुनै धर्ममा आस्था राख्दा सम्पन्न, सुखी भइन्छ भन्ने अन्धविश्वास फैलाएर धेरै मानिसको धर्म परिवर्तन गरिएको कुरा प्रभु माइला शीर्षकको कथाले देखाएको छ । लाटो पहाड शीर्षकको सबैभन्दा लामो कथाले युवा पुस्ता आफ्नै समुदायको संस्कार प्रति कत्ति अविश्वास र अज्ञान छ भन्ने देखाएको छ । हरियो ढुंगा शीर्षकमा सुकुम्बासीको समस्यालाई अत्यन्तै मार्मिक तरिकाले समेटेका छन् कथाकारले ।

कथामा समस्यालाई मसिनोसंग चित्रण गरिएको छ । ग्रामीण परिवेशसंग अपरिचित शहरका मानिसलाई पनि कथाका ग्रामीण परिवेशका चरित्र, घटनाहरुले त्यहा“का अवस्थासँग परिचित गराएको छ । लाटो पहाडमा मानवीय समवेदना र सामाजिक चेतको समिश्रण पाउन सकिन्छ ।

साहित्यकार सुब्बा सिर्जनामा सिर्जनशिल अराजकता हुनुपर्छ भन्ने मान्यता राख्ने साहित्यकार मध्ये एक हुन् तर उनको सिर्जनामा अराजकता भन्दा बढी शालिनता पढ्न पाईन्छ । उनका कथा, कवितामा रचनात्मक र प्रभावकारी शैली पाइन्छ । उदाहरणका लागि, उनले लाटो पहाड शीर्षकको कथामा बालबालिकाले मातृभाषामा पढ्न किन पाउनुपर्छ भन्ने कुरा मन छुने गरी उठाएका छन् । यसलाई उनले सरल र कलात्मक तरिकाले उठाएका छन् । समाजका  विकृति, विसंगति हट्नुपर्छ, सामाजिक आवाश्यकता पूरा हुनुपर्छ भनेर नारा लगाइएको छैन् यसमा । यस्ता कुरा उठाउने पुरानो शैलीलाई यो कथा संग्रहले नयाँ मोड दिएको छ ।

कथा पढ्दै जाँदा कतिपय ठाउँमापात्रले  लिम्बु भाषामा बोलेका कुरा र सांस्कृतिक बाजाको नाम अन्य समुदायका पाठकलाई बुझन अलिअलि समस्या हुन्छ । तर यसले स्थानीय स्वाद भने दिएको छ ।

कथा संग्रहका कथा पूर्णविराम लागेको कविता जस्ता छन् । नेपाली साहित्यमा यो कथा संग्रहले एउटा फरक छाप छोड्न सफल भएको महशुस भएको छ । यो कथा संग्रह पढेपछि लिम्बु समुदायका समग्र स“स्कृति रहनसहन बारे धेरै कुरा थाह पाउन सकिन्छ । कथाका पात्रहरु कति रमाईला र मानवीय समवेदनाले भरिएका छन् भने  कथा पढिसकेको पत्तै हुन्न । पाठकलाई एक बसाईमा पढिसक्न मन लाग्छ ।आफनो समुदायको समस्या, आवश्यकताका बारेमा मानिसलाई सचेत र जागरुक बनाउन सरल बोलीचालीको साहित्य सिर्जना मार्फत प्रेरणा दिन सकि“दो रहेछ भन्ने उदाहरण पनि हो लाटो पहाड । गाह्रा शब्द र कठिन खालको वाक्य गठन भएको लेखन मात्रै  अब्बल दर्जाको हुन्छ भन्ने मान्यातालाई यस कथा संग्रहले चुनौति दिएको छ ।

नेपाली साहित्यमा कविता, कथालाई सरल भाषामा रोचक तरिकाले प्रस्तुत गर्न खप्पिस  ठहरिएका छन् उपेन्द्र सुब्बा ।

प्रकाशित मिति : २०७२ कात्तिक ४ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: