क्रिकेटर उपकप्तान ममताको दसैं


प्रकाशित मिति :2015-10-21 13:33:58

भेषराज बस्नेत

unnamed
नेपालगन्ज, कात्तिक ४ । एसियन गेमको व्यस्तताले गत वर्षको दसैं मनाउन नपाएकी नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान ममता थापा अहिलेको दसैं भने बाँकेको शम्शेरगन्जस्थित घरमा उमंगका साथ मनाउने सोचमा छिन्।
गत वर्ष नेपालमा दसैं मनाईरहँदा ममता एसियन गेममा सहभागी हुन कोरियामा थिईन्। ‘पोहोर साल कोरियामा भएकोले दसैं मनाउन सकिएन तर, अहिले त्यस्तो अवस्था छैन।’—ममताले भनिन्—’यसपटक घरमै परिवारजनको हातबाट टीका लगाई आशिर्वाद ग्रहण गर्नेछु, साथीहरूसँग रमाउनेछु।’

दसैं भन्ने बित्तिकै ममतालाई छुट्टै उमंग आउँदोरहेछ, दसैं सामान्य पर्व होईन, दसैंसँग जोडिएर आउने टीका, पहेँलो जमरा, किनमेल, पिङ जस्ता कुराले यसको महत्व अझ बढेको हुनुपर्छ भन्ने ममताको बुझाई छ। २००७ देखि निरन्तर नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा सहभागिता जनाउँदै आएकी २४ वर्षीया ममताले पहिलो प्राथमिकता क्रिकेटलाई दिने गरेकी छिन्।

‘म पहिला क्रिकेटलाई माया गर्छु, त्यसपछि अन्य कुरामा ध्यान दिन्छु।’—ममताले भनिन्—’क्रिकेटका अगाडि दसैं पर्व पनि मेरो लागि सामान्य कुरा हुन्, गतवर्ष त्यस्तै भएको थियो, अहिले पनि गेम परेको भए म दसैं नमनाउन सक्थेँ।’
तर, दसैं पर्वले हिन्दुमात्रै नभएर सारा नेपालीलाई छुने गरेको उनको बुझाई छ। ‘ दसैं भन्दा बित्तिकै घरपरिवार आफन्तजन एकै ठाउँमा भेट गर्ने अवसर मिल्छ, सारा दुःख भुलेर खुसियाली बाँड्ने पर्व हो यो।’ ‘बाल्यकालमा दसैंमा मामाघर सल्यान जाने भनेपछि म निकै खुशी हुन्थे। मामा माइजु हजुरबुवा हजुरआमाले दिएको दक्षिणा मेरो लागि ठुलो कुरा हुन्थ्यो’ ममता सम्झिन्छिन्।

भारतको विहारमा जन्मिएकी २४ वर्षीया ममताको बाल्यकालका धेरैजसो दसैं भारतमै बिते। बुवा भारतीय सेनामा भएका कारण उनी भारतको विभिन्न क्षेत्रमा घुमेकी छिन्।

प्रकाशित मितिः २०७२ कात्तिक ४ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: