औधोगिक करिडोर महिला मजदुरको जिम्मा


प्रकाशित मिति :2015-10-22 11:54:20

रमला सिंगक

udhogma mahilaसुनसरी, कात्तिक ५। धरानकी बेनुका भूजेलले   सुनसरीस्थित धरानको औधोगिक करीडोरमा रहेको मनोज फर्मास्युटिकलमा काम गर्न थालेको १३ वर्ष भयो ।

दैनिक ९ देखि साँझ ५ बजेसम्म उद्योगको दैनिक हरहिसावको जिम्मेवारी सम्हालेकी उनलाई उद्योगले मासिक  ९ हजार तलव, खाजा खर्च र घरभाडाको व्यवस्था  गरिदिएको छ ।

उद्योगमा हरहिसाव मिलाई रहेकी उनले भेटमा भनिन्, ‘मलाई उद्योगले दिएको सेवा सुविधा सामान्य नै हो तर, घरमा त्यतिकै बस्नुभन्दा यहाँ आएर काम गर्दा धेरै कुरा थाहा हुन्छ यसप्रति सन्तुष्टै छु ।’

दुई सन्तानकी ३० वर्षीय आमा उमा श्रेष्ठले पनि यहि उद्योगमा काम गर्न थालेका १० वर्ष भयो । उनलाई भने सो उद्योगमा उत्पादीत औषधीको मिति छाप्ने र एक्पायर भएको औषधी भए त्यसलाई छुट्टै व्यवस्थित गरेर राख्ने जिम्मेवारी दिएको छ । विहान ९ बजे भित्र छोराछोरीलाई खाना खुवाएर स्कुल पठाएपछि हतारोमा उद्योग पुगि आफ्नो जिम्मेवारी पुरा गर्छिन् ।

उनीसँगै उनका श्रीमान पनि सोही उद्योगमा सेल्समेनको काम गर्छन् । दुवैको कमाईले आफ्ना दुई सन्तान सहित घर व्यावहार राम्ररी धानेको उनले बताईन् । उनले भनिन्, ‘उद्योगले दिएको तलब त थोरै नै छ, तीन वर्षदेखि हाम्रो तलब बढेको छैन् यसका लागि यहाँ कार्यरत मजदुरहरूले आन्दोलन पनि गर्यौं तर सरकारले नै राजपत्र नदिएकाले उद्योगले पनि हाम्रो तलब बढाएको छैन्, चाँडै बढाउँछ होला भन्ने आशा छ ।’

बेनुका र उमा जस्तै पूर्वको औधोगिक करिडोरमा काम गर्ने महिला मजदुरहरूको संख्यामा पछिल्लो समय वृद्धि भईरहेको प्रिति झल्व उद्योगमा कार्यरत कर्मचारी प्रकाश श्रेष्ठले बताए । उद्योगीहरूका अनुसार रोजगारीका लागि पुरुष विदेशिन थालेपछि  औधोगिक करिडोर महिला मजदुरमा निर्भर हुन थालेको हो ।

udhogma mahilharu pixमोरङ र सुनसरीको औधोगिक करिडोरमा सञ्चालनमा रहेका साना तथा ठुला गरी झण्डै पाँचसय उद्योग छन् जसमा करिव २० हजार महिला कार्यरत रहेको सुनसरी उद्योग संगठनको अनुमान छ ।

रिलायन्स स्पिनिङ, विस्कुट, चाउचाउ, सावुन, चप्पल, मल्टिफाईवर्स, औषधी र जुट उद्योगमा बढि महिला मजदुर रहेको मोरङ उद्योग संगठनले जनाएको छ । संगठनका अनुसार सञ्चालित उद्योगका ३० देखि ४० प्रतिशत पुरुष मजदुर विदेशिएकाले उनीहरूको स्थानमा महिलालाई राख्दा महिला मजदुरको संख्या बढेको हो ।

धरान औद्योगिक क्षेत्रमा रहेको उद्योगमा कामगर्दै महिला मजदुरहरू । तस्वीरः रमला सिंगक

उद्योगहरूले पनि महिला कामदारलाई आकर्षित गर्न सेवा सुविधा बढाएका छन् । सुनसरी सोनापुरको अरिहन्त मल्टिफाईवर्सले महिला कामदारलाई घरवाट ल्याउने, पुर्याउने, उद्योगभित्रै आवासको सुविधा दिएको छ । यसले उद्योगमा महिलाको संख्या वुद्धि भएसँगै मजदुरको अभाव पनि टरेको उद्योग जनाएको छ ।

अहिले सञ्चालनमा रहेका सातवटा जुटमिलमा मात्र झण्डै ७० प्रतिशत महिला मजदुर रहेको सञ्चालकहरूले बताए । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भन्नुभयो,‘सबै जुट उद्योग महिला मजदुरमै निर्भर छन् भन्दा पनि हुन्छ, जुट उद्योगमा महिलाले मजदुरी नगर्ने हो भने उद्योग चल्ने स्थितिनै छैन्, त्यो पनि उनीलाई घरवाट ल्याउने र काम सकिएपछि घर पुर्याईदिए मात्र काममा आउँछन् ।’
सबै जुट उद्योगले मजदुरलाई घरवाट ल्याउन र काम सकिएपछि घरसम्म पुर्याउन मजदुर वसको व्यावस्था गरेका छन् । मोरङको कटहरी मिल्स एरिया, हात्तिमुढा र सुनसरीको दुहवी र सोनापुरमा रहेका जुट मिलमा काम गर्न उद्योगदेखि ४० किलोमिटर टाढावाट पनि महिला मजदुरहरू आउने गरेको गोल्छाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु जुट उद्योगमा करिव १५ हजार मजदुर छन् यसमध्य् ७० प्रतिशत महिला छन् ।

सुनसरीस्थित खनारमा रहेको रिलायन्स स्पिनिङ उधोगमा १२ सय बढि महिला मजदुर रहेको उद्योगले जनाएको छ । उद्योगका मजदुर समय इन्चार्ज जिवन बुढाथोकीका अनुसार उद्योगमा एउटा पुरुष मजदुर थपिंदा दुईजना महिला मजदुर थपिंदै आएको छ ।
दुहवीको क्वालिटी विस्कुट उद्योगमा चारसय मजदुर मध्ये दुईसय महिला मजदुर रहेका छन् । सुनसरी मोरङ करिडोरका प्राय सबै उद्योग अहिले महिला मजदुरको भरमा रहेको उद्योगीहरूले बताए ।

प्रकाशित मिति २०७२ कात्तिक ५ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: