महिला संगठित हुँदा घरेलु हिंसा घट्यो


प्रकाशित मिति :2015-10-23 10:00:26

रमला सिंगक

 तेह्रथुम, कात्तिक ६ । तेह्रथुमस्थित ओयाक्जुकी अरुणा जोगीलाई महिला अधिकार भनेको के हो ? हिंसा भनेको के हो ? केही थाहा थिएन । एक वर्षअघि उनको गाँउमा गठन भएको महिला समूहमा आवद्ध भएपछि मात्र अधिकारको वारेमा थाहा पाइन ।  आफूमाथि हिंसा भए के के गर्न सकिन्छ यसका लागि कानुनी प्रकृया के छ ? भन्ने जानकारी नभएरै घरेलु हिंसा भएपनि चुपचाप सहने गरेकी उनलाई अहिले हिंसा विरुद्ध आवाज उठाउने हिम्मत आएको बताईन् ।

तेह्रथुमको विभिन्न गाविसमा महिला समुहको भेलामा छलफल गर्दै । तस्वीर सौजन्यः नरमाया श्रेष्ठ

तेह्रथुमको विभिन्न गाविसमा महिला समुहको भेलामा छलफल गर्दै । तस्वीर सौजन्यः नरमाया श्रेष्ठ

उनले भनिन्, ‘धेरै महिलाले अहिले पनि आफ्नो अधिकारको वारेमा थाहा नपाएर हिंसा सहिरहेका छन्, हिंसा भनेको के हो भन्ने थाहा नपाउँदा महिलाको जातै यस्तै हो सहनुपर्छ भन्ने मान्यता विकास हुनेरहेछ पहिले मेरो तेह्रथुमको विभिन्न गाविसमा महिला समुहको भेलामा छलफल गर्दै । तस्वीर सौजन्यः नरमाया श्रेष्ठ मान्यता पनि यस्तै थियो  तर, यस्तो होइन रहेछ ।’

जल्जलेकी मनमाया लिम्बू पनि विगत १५ वर्षयता निरन्तर श्रीमानको कुटाई र गाली गलौज सहँदै आएकी छिन् । उनको श्रीमानले बेहोस हुनेगरि धेरै पटक कुटे तर पनि उनी आफ्नो भाग्यलाई नै दोष दिंदै वसिन् । छिमेकी पनि घरको झगडा हो भनेर चुपचाप बसे ।

केही समय अघि एउटा संस्थाले आयोजना गरेको महिला अधिकार सम्बन्धि तालिममा लिम्बू पनि सहभागी भइन् । त्यसपछि मात्र उनले आफूमाथि भईरहेको अन्यायको वारेमा बुझिन् । कुराकानीका क्रममा उनले भनिन् ‘मेरो पनि अधिकार रहेछ, म माथि यत्रो अन्याय हुँदा भाग्यलाई दोष दिदैँ बसें , यस्तो कुराहरू पहिल्यै  थाहा पाएको भए आफूविरुद्ध भएको हिंसाको विषयमा आवाज उठाउथें, यत्रो वर्षसम्म यातना त सहनु पर्दैन थियो ।’

तालिम लगत्तै गाँउमा उनकै नेतृत्वमा आमा समूह गठन गरिन् । त्यसपछि समूहमा आबद्ध सबै महिलालाई महिला अधिकारको विषयमा जानकारी गराउन थालिन । अहिले सबै महिला घरेलु हिंसा विरुद्ध संगठित भएका छन् । कुनै पनि घरमा महिलामाथि घरेलु हिंसा भएमा समूहमा आवद्ध २५ जना महिला एकहुल भएर जान्छन् । सम्झाई वुझाई गर्छन, त्यति गर्दा पनि नभए  कानुनी प्रकृयामा जानका लागि सम्वन्धित निकायमा समन्वय गर्छन् ।

अरुणा र मनमाया जस्तै तेह्रथुमका ११ सयभन्दा बढि महिला विभिन्न सामाजिक संघ सस्थामा आवद्ध भई सामाजिक र आर्थिक रुपमा आत्मनिर्भर बन्नका लागि संगठित हुन थालेको देउराली सोसाइटीकी कार्यक्रमका अधिकृत नरमाया श्रेष्ठले बताइन् ।
उनका अनुसार महिला विभिन्न समूह र संस्था मार्फत् संगठित हुन थालेपछि घरेलु हिंसा न्यूनिकरण भएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा सम्वन्धि एउटा पनि मुद्दा दर्ता नभएको तेह्रथुमकी प्रहरी हवल्दार विनीता शेर्पाले बताईन् ।

उनका अनुसार घरेलु हिंसा भएपनि गाँउमै मिलाउने भएकाले प्रहरीसम्म आईनपुगेको हो । उनले भनिन, ‘समाज र परिवारमा हुने जटिल हिंसाका घट्नाहरू मात्र प्रहरी प्रसाशनसम्म आइपुग्ने गरेका छन् ।’जिल्लामा सञ्चालित महिला मजबुतिकरण कार्यक्रमले जिल्लाको ९ वटा गाविसमा महिलालाई संगठित गरी उनीहरूको आर्थिक तथा सामाजिक विकास गर्न विभिन्न किसिमका महिला समुह गठन गरेको छ ।
ती नै समूहमा ११ सयभन्द वढि महिला आवद्ध भएको महिला मजबुती कार्यक्रमका अधिकारकर्मी गंगा चोङबाङले बताइन् ।

आफ्नो श्रीमती समूहमा आवद्ध भई महिला अधिकारको वारेमा थाहा पाएपछि समाजमा हिंसा भए त्यस विरुद्ध बोल्न सक्ने र अन्य घर परिवारमा पनि घरेलु हिंसा भए त्यसो नर्गन आग्रह गर्दै आएको श्रीजुङका सुरेस लिम्बूले बताए । उनले भने, ‘पहिले जस्तो सुकै झगडा भए पनि नबोली वस्थिन् तर, अहिले ठाडै प्रतिकार गर्छिन्, उनीमात्र होईन समूहमा आवद्ध सबै महिला एकै आवाजमा बोल्न थालेपछि पहिले जस्तो कसैको घरमा पनि झगडा हुँदैन  ।’

पछिल्लो समयमा जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरूले आयोजना गरेको तालिमले पनि महिलामा सचेतना बढेकाले आफ्नो विषयमा आवाज उठाउन सक्ने र महिला संगठित हुन थालेको अधिकारकर्मी नरमाया श्रेष्ठले बताईन् । उनले भनिन्, ‘पहिले महिला एक्ला एक्लै हुँदा जस्तोसुकै हिंसा पनि सहनुपथ्र्यो । अहिले संगठित भएका छन्, समूहमा बसेपछि अनुभव तथा ज्ञान साटासाट हुन्छ । यसले महिलामा चेतना बढेर अन्याय विरुद्ध आवाज उठाउन सक्ने भएका छन् ।’

प्रकािशत मिति: २०७२ कात्तिक  ६ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: