राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट


प्रकाशित मिति :2015-10-24 13:12:31

महिला खबर
काठमाडौं,कात्तिक ७ । आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु हुँदैछ ।   राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न आज दिउँसो ३ बजे संसद बैठक बस्दैछ । बैठकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।

सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई आईतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएमा गोप्य मतदानबाट चुनिने छ । राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव काग्रेंस पदाधिकारी वैठकले केन्द्रिय समितिमा गर्ने निर्णय गरेको छ भने एमालेबाट उपाध्यक्ष विद्या भण्डारी र निवर्तमान सभामुख सुवास नेम्वाङको नाम चर्चामा छ ।

प्रकाशित मितिः २०७२ कात्तिक ७ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: