स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्छु : सभामुख ओनसरी


सभामुखले कस्लाई दिनु भो धन्यवाद ?

प्रकाशित मिति :2015-10-25 17:07:00

ओनसरी घर्ती

काठमाडौं,कात्तिक ८ । नेपाली जनताको सात दशक लामो संविधानसभाबाट आफ्ना जनप्रतिनिधिहरु मार्फत लोकतान्त्रिक संबिधान निर्माण गर्ने आकांक्षा पुरा भएको छ ।
indexयसको लागि २००७ साल अगाडि देखिका आन्दोलनहरु, जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति लगायतका विभिन्न आन्दोलनहरुमा प्राण उत्सर्ग गर्नु हुने महान् शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यी ऐतिहासिक आन्दोलनहरुको क्रममा वेपता घाइते तथा अपाङ्गता भएका योद्धाहरुको स्मरण एंव उच्च सम्मान गर्न चाहन्छु ।

यसैगरी लामो जेल जीवन, विभिन्न किसिमका यातना, निर्वासन, भूमिगत जीवन र कठिन एवं संघर्षपूर्ण जीवन समर्पित गर्नु भएका महान योद्धाहरुलाई म यस ऐतिहासिक घडिमा सम्मान गर्न चाहन्छु ।   निश्चय पनि संसार भरिका लोकतान्त्रिक तथा मुक्ति आन्दोलनहरु कठोर अग्नि परिक्षावाट गुज्रने गर्दछन् । इतिहास निर्माण कठिन र चुनौतीपूर्ण हुने गर्दछ ।

जनताको वलिदान, त्याग एवं तपस्या विना विश्वका कुनै पनि देशको इतिहास निर्माण भएको छैन । हाम्रो देश, समाज र राजनीति पनि यसको अपवाद  रहन सक्दैन । नेपाली जनताले पनि लामो कठिन संघर्षवाट आफ्नो संविधान आफै निर्माण गर्ने ऐतिहासिक कार्यभार पूरा गरेका छन् ।

हामीसंग गौरवशाली इतिहास छ । २००७ सालका राजनीतिक योद्धाहरु आज यस सदनमै हुनु हुन्छ । २०२८ सालका योद्धालाई देशले प्रधानमन्त्रीको रुपमा पाएको छ । ०४६ सालका योद्धाहरु यस सदनमा हुनुहुन्छ ।
जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन लगायत विभिन्न वर्ग समुदायका आन्दोलनका योद्धाहरु यस सदनमा हुनुहुन्छ ।

कुनै समय समाजले अवला मानेका, तिरस्कार गरिएका र कमजोर मानिएका महिलाहरु आज विभिन्न पार्टीका शिर्ष नेतृत्व पँक्ति र यस सदनमा हुनु हुन्छ । भूमिगत कालमा पिठ्यूमा नानी वोकेर वा कठिन अवस्थामा नानीहरुलाई जनताको जिम्मा लगाएर राजनीतिक आन्दोलनमा होमिएका थुप्रै आमाहरु यहाँ हुनु हुन्छ । ती घटनाहरु स्मरण गर्दा मात्रै पनि गौरव महसुस हुन्छ । यो हाम्रो  नेपाली राजनीतिले आर्जन गरेको पूँजी हो ।

हाम्रो राजनीति अनेकौं आरोह अवरोहवाट गुज्रने गरेको छ । तर नेतृत्वको वुद्धिमत्तापूर्ण प्रयत्न एंव साहसिक निर्णय क्षमताले हाम्रो राजनीतिक निर्णय हामीले नै गर्ने, हाम्रो भविश्य हामीले नै निर्धारण गर्ने ऐतिहासिक दायित्वहरु पुरा गर्दै आएका छौ ।

 मलाई सभामुखको उम्मेदवारको रुपमा अगाडि सार्नु हुने एमाओवादीका अध्यक्ष प्रचण्ड उम्मेदवारीको प्रस्ताव गर्नु हुने माननीय विद्या भण्डारी र नेकपा एमाले पार्टीलाई विशेष धन्यवाद दिन चाहन्छु ।

यसैगरी प्रस्तावलाई सर्मथन गर्नु हुने माननीय कुन्ति कुमारी शाही र राप्रपा नेपाल लगायत यस प्रस्तावलाई समर्थन गर्नु हुने सम्पूर्ण माननीय सदस्यहरु र पार्टीहरुलाई विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु ।

प्रमुख प्रतिपक्षको तर्फवाट उच्च राजनीतिक संस्कार प्रर्दशन गर्दै सहमतिको रुपमा निर्विरोध निर्वाचित गर्न सहयोग गर्नु हुने नेपाली काग्रेसका सभापति मानर्नीय सुशिल कोइराला र नेपाली काग्रेसलाई विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । व्यवस्थापिका संसदमा रहेका सम्र्पूण राजनीतिक दलहरु, सवै दलका नेताज्यूहरु, माननीय सदस्यज्यूहरु जसले शुभकामना एवं वधाई दिनु भएको छ उहाँहरु प्रति समेत हार्दिक धन्यवाद  प्रकट गर्दछु ।

हामीले संघीय लोकतान्त्रिक गणतान्त्रिक  नेपालको नयाँ संविधान निर्माण गरिसकेका छौ । यसले विभिन्न ऐतिहासिक आन्दोलनका भावनाहरुलाई संस्थागत गरेको छ । संघीयता, गणतन्त्र, समावेशीता, धर्मनिपक्षेता र मौलिक अधिकारको व्यवस्था गरेर नेपालको सामान्तवाद विरुद्धको राजनीतिक क्रान्ति र नेपालको समावेशी लोकतान्त्रिक आन्दोलनलाई मूलरुपमा पूर्णता दिएको छ ।

यद्यपी नयाँ संविधान जारी गर्दा कतिपय क्षेत्र, वर्ग र समुदायका असन्तुष्टिहरु रहेको तथ्य हामी सवैको सामु रहेको छ । ती माग र भावनाहरुलाई वार्ता र सम्वाद मार्फत संवोधन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गर्न चहान्छु । यसमा मेरो तर्फवाट निर्वाह गर्नु पर्ने भूमिकामा कुनै कमी हुन दिने छैन ।
साथै, संविधानको कार्यान्वयनका चुनौतीहरु हाम्रा सामु विद्यमान छन । यसका लागि थुप्रै कानुनहरु निर्माण गर्नु पर्ने छ । कतिपय विद्यमान कानूनहरुलाई संविधानको मर्म र भावना अनुरुप संशोधन एंव परिमार्जन गर्नु पर्ने छ ।

यसका लागि सम्पूर्ण राजनीतिक दलहरुवीच समझदारी, एकता र सहकार्यको आवश्यकता छ । यी ऐतिहासिक चुनौतीहरुलाई संवोधन गर्न सभामुख पदको गरिमालाई  कायम राख्दै निष्पक्षता पूर्वक व्यवस्थापिका संसदलाई सफलता सम्म पु¥याउन म प्रतिबद्ध  छुँ ।

सवै दलहरुलाई समदुरीमा राखेर स्वतन्त्र र निष्पक्ष रुपले आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्ने छु ।

प्रकाशित मिति २०७२ कात्तिक ८  गते आइतवार

व्यवस्थापिका–संसदको बैठकमा सम्मानीय सभामुख ओनसरी घर्तीले गर्नुभएको सम्बोधन  केही अंश ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: