खेमा बस्नेत
कैलाली , कार्तिक ८ । २०६२ सालमा धनगढीमा रहेको पार्कमोडमा ठेला व्यवसाय सुरु गरेका दिदीबहिनी आशा र अम्बिकाले अहिले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
२०६२ सालमा ५ रुपियाँ कचौरामा गहुँको पिठोको झोलमा चाउमिन बेचेर जीवन गुजारा गर्दै आएका उनीहरु अहिले मासिक ३० हजार देखि ३६ हजार रुपैयाँसम्म आम्दानी गर्दछन् ।
आफ्नो व्यवसाय काम प्रति सन्तुष्ट भएको उनीहरु बताउँछन् । ‘१० वर्ष भयो ठेला व्यवसाय सुरु गरेको यही व्यवसायवाट घरपरिवार चलेको छ ।’आशा चौधरीले भनिन् ‘दैनिक १ हजार देखी १२ सयसम्म कमाई हुन्छ ।’
उनीहरुले दैनिक आम्दानी गरेको पैसा सहकारीमा जम्मा गर्दछन् । जम्मा गरेको पैसा चाहिएको समयमा मात्र झिक्ने गरेको उनीहरु बताउँछन् । ‘दैनिक झोल चाउमिन बेचेर आम्दानी भएको पैसा सहकारीमा बचत गर्दछौ,जसलाई खर्च चाहियो उसैले लिन्छौ ।’
स्कुल तथा क्याम्पस पढ्ने युवाहरुको रोजईको नास्तामा पर्ने झोल चाउमिन आशा र अम्बीकाको ठेलामा दिनमा ३० देखी ६० जना युवाहरु खान आउने गर्दछन् ।
‘चट्पटे,पीरो,अमिलो हुने भएकाले युवाहरु विशेषगरी झोल चाउमिन खान आउने गर्दछन् । उनले भनिन् १० वर्ष पहिला ५ रुपियाँको हाफ प्लेट पाईन्थो अहिले हाफलाई २० र फ्राई चाउमिनलाई २५ रुपियाँको हाफ पर्दछ ।’
उनीहरुले ठेला व्यवसाय सुरु गरेपछि घरपरिवार चलाउन सहज भएको बताउँछिन् ।‘ श्रीमान्ले कमाउदा घरपरिवारको खर्च चलाउन धेरै समस्या हुन्थो अहिले त्यो समस्या छैन ।’ उनीहरुले भने अहिले छोराछोरीलाई पढाउन खर्च चलाउन सहज भएको छ ।
कैलालीमा महिला ठेला व्यवसाय सम्बन्धि तालिम लिएर आत्मनिर्भर भएका धेरै उदाहरण छन् । धनगढीको पार्कमोडमा मात्रै ७ जना महिलाले लामो समयदेखि ठेला व्यापार गर्र्दै आएका छन् ।
धनगढी नगरपालीको तथ्यांक अनुसार धनगढी नगरभित्र जम्मा १ हजार ५२ रिक्सा ठेला दर्ता छन् जसमा नगरभित्र ९८ जना महिलाले ठेला व्यवसाय गर्दै आएको धनगढी नगरपालीकाले जानकारी दिएको छ ।
Comment Here!