महिला खबर
काठमाडाैं, कात्तिक ९ । नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन बहुमतीय प्रक्रियाबाट हुने भएको छ ।
नेपालको संविधानको धारा २९७ को उपधारा (२) बमोजिम राजनीतिक सहमतिका आधारमा ती पदमा उम्मेदवारीको प्रस्ताव दर्ता नभएपछि बहुमतीय प्रक्रिया प्रारम्भ हुने भएको हो ।
व्यवस्थापिका–संसद्ले शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आईतवार अपराह्न १ बजेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने अवधि तोकिएको थियो ।
संविधानको धारा २९७ को उपधारा (३) बमोजिम अब राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्नेछ । उक्त प्रयोजनका लागि भोली १० गते मङ्गलवार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्नुपर्ने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक ९ गते साेमवार
Comment Here!