विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार


प्रकाशित मिति :2015-10-26 12:25:04

lमहिला खबर

जारी एमाले स्थाइ समितिकाे बैठक । तस्बिरः@PM_Nepal

 एमाले स्थाइ समितिकाे बैठकमा सहभागी। तस्बिरः@PM_Nepal

ललितपुर, कात्तिक ९। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेद्वार बनाउने भएको छ। सोमबार बसेको एमाले स्थायी समिति बैठकले सो निर्णय गरेको हो।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले यसको पुष्टि गर्नुभएकाे छ । ‘हामीले राष्ट्रपतिमा विद्या भण्डारीलाई उठाउने निर्णय गर्‍यौ’ भट्टराइले महिला खबर डटकमसँग भन्नुभयाे ।

एमाले उपाध्यक्ष भण्डारी लामो समयदेखि सो पार्टीको नेतृत्वमा रहँदै आउनुभएकाे छ । एमाले पार्टीको भावी नेतृत्वका लागि समेत योग्य मानिएकी भण्डारी स्वर्गीय नेता मदन भण्डारीकी श्रीमती हुनुहुन्छ। भण्डारी एमालेका बैचारिक नेता मानिनुहुन्छ। भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ नामक सिद्धान्तमा आधारित भएर एमालेले आफ्ना नीति र कार्यक्रम तय गर्दै आएको छ।

भण्डारीलाई राष्ट्रपति पदमा जिताउन एमालेले सत्तारुढ गठबन्धनको सर्मथन कायमै राख्नु पर्ने छ। संसदमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ। संविधान र व्यवस्थापिका संसद सम्बन्धि नियमावली अनुसार राष्ट्रपतिको निर्वाचन गोप्य मतदानबाट हुने व्यवस्था छ। हाल कायम रहेको व्यवस्थापिका संसदको बहुमतबाट राष्ट्रपति निर्वाचित हुनेछ।

प्रकाशित मितिः २०७२ कात्तिक ९ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: