महिला खवर
तेह्रथुम, कात्तिक ९ । तेह्रथुमको लालिगुरांस नगरपालिका सुङ्नामकी एक नौ वर्षीया बालिका बलात्कार गर्ने ३९ वर्षीया झमक गुरुङलाई प्रहरीले आईतबार पक्राउ गरेको छ। पक्राउपछि थप अनुसन्धानका लागि आईतबार नै म्याद थप गरेर हिरासतमा राखिएको छ।
सुङ्नामबाट दशैंमा बसन्तपुरस्थित ससुराली घरमा आएका बेला स्थानीय सुस्त मनस्थितिकी ती बालिकालाई एकान्तमा लगेर बलात्कार गरेको गुरुङले स्वीकारेको तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।
बलात्कार गरेर भागेका गुरुङलाई प्रहरीले भोलिपल्ट पक्राउ गरेकाे थियाे । बलात्कृत बालिकाको शारिरीक अवस्थामा परिवर्तन आएको देखिएपछि घरका अभिभावक र स्थानीय बासिन्दाले सोधीखोजी गरेका थिए। बालिकाको बसन्तपुरमा स्वास्थ्य परिक्षण र उपचारपछि अभिभावकलाई जिम्मा दिएको ज्ञवालीले बताउनुभयो।
प्रकाशित मितिः २०७२ कात्तिक ९ गते साेमवार
Comment Here!