स्तन क्यान्सरबारे सचेतनाका लागि इजिप्टका महिलाले गरे साइकल यात्रा
महिला खबर
एजेन्सी, कात्तिक ९ । इजिप्टको राजधानी कायरोमा गत शुक्रवार महिलाको एक समूहले स्तन क्यान्सर सम्बन्धि सचेतना बढाउन साइकल यात्रा गरेको छ । यसक्रममा ती महिलाले क्यान्सरसँग शुरुकै अवस्थादेखि नै लड्नुपर्ने कुरालाई महत्व दिएका थिए । महिला साइकल चालकले ४ घण्टामा १३.६ कि.मी यात्रा गरेका थिए ।
१७.८ प्रतिशत को दरमा रहेको स्तन क्यानसरलाई इजिप्सियन महिलाले सामान्य रुपमा लिन्छन् ।
इजिप्टमा स्तन क्यानसर पत्ता लगाउने बाहिया पहिलो अस्पताल हो। इजिप्टमा स्तन क्यानसरको उपचारका लागी कम्तीमा १२ हजार ५०० डलर चाहिन्छ । तर, बाहिया अस्पतालमा भने उक्त रकम रिसाला भन्ने गैह्रसरकारी संस्थाले व्यहोर्ने गर्दछ ।
स्तन क्यान्सर सम्बन्धि यस्ता सचेतना कार्यक्रमहरू अक्टोवर महिनामा संसार भरी नै विभिन्न तरीकाले गरिएको छ । यो महिनालाई स्तन क्यान्सर सचेतना अभियान महिनाको रुपमा चिनाएको छ ।
प्रकाशित मिति : २०७२ कात्तिक ९ गते सोमवार
Comment Here!