आसनमा भाषणमा र शासनमा महिला


प्रकाशित मिति :2015-10-26 15:22:08

महिला खबर 

पोखरा, कात्तिक ९। आसनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने नारालाई स्थापित गराउन सुरु भएको मिसन नोट अफ डिसेन्ट राष्ट्रिय अभियान कास्कीमा पनि शुरु गरिएको छ।

सोमबार पोखरामा मुलधार महिला सेवा केन्द्र उदयपुर र महिला मानव अधिकार रक्षक संजाल पोखराले पत्रकार सम्मेलन गरी सो अभियानका बारेमा जानकारी गराएका हुन्।

लैङि्गक समानता र समावेशी महिला अधिकारका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मिसन नोट अफ डिसेन्ट राष्ट्रिय अभियान ३ वर्ष अघि उदयपुरबाट शुरु गरिएको थियो। अभियान अर्न्तगत १६ जिल्लामा सञ्जाल गठन गरी अन्तरक्रिया, र्‍याली, जुलुस र राजनीतिक दल तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनेलगायतका दबाब मुलक कार्यक्रम गरिसकिएको र कास्की १७ औं जिल्ला रहेको राष्ट्रिय अभियानका संयोजक नजबुल खानले जानकारी दिनुभयो।

मिसन नोट अफ डिसेन्ट अभियानको उद्देश्य महिला अधिकारको विषय शसक्त रुपमा उठान गर्दै स्थानीय स्तरका महिलाको सामाजिक , आर्थिक, राजनीतिक सबलीकरण गरी हालको नीतिगत व्यवस्था अनुसार राज्यको हरेक निकायमा महिला सहभागिता ५० प्रतिशत अनिवार्य कार्यान्वयन गर्न गराउन देशव्यापी रुपमा दवाव सृजना गर्ने रहेको खानले बताउनुभयो।

खानले कुनै पार्टी, जाती, साथी हैन महिला अधिकार स्थापनाका लागि समझदारी, जिम्मेदारी, इमान्दारी, साझेदारी आवश्यक रहेको बताउनुभयो। ‘अवसर विना महिलालाई अक्षम घोषणा गर्ने अधिकार कसैलाई छैन’ खानले भन्नुभयो।

महिलालाई सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक रुपमा शसक्त गराउँदै समान हैसियत र लैङ्गिकताका आधारमा राज्यका हरेक निकायमा समान सहभागिताका लागि सबैसँग हातेमालो गरेर कास्कीमा यस अभियानलाई सशक्तरुपमा अगाडि बढाउने संजालका अध्यक्ष सरिता थापाको भनाइ छ।

प्रकाशित मितिः २०७२ कात्तिक ९ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: