राष्ट्रपति पदकाे उम्मेदवारी दर्ता अाज


उपराष्ट्रपति पदकाे निर्वाचन १४ गते शनिवार हुने

प्रकाशित मिति :2015-10-27 10:09:02

महिला खबर 

काठमाडौं, कात्तिक १० । राष्ट्रपति  पदका लागि व्यवस्थापिका संसद सचिवालयमा अाज उम्मेदवारी दर्ता हुँदैछ । सचिवालयले उम्मर्दवारी दर्ताका लागि  बिहान १० देखि १ बजेसम्म  समय दिएकाे छ । सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन नहुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्ष बहुमतका आधारमा गाेप्य मतदानबाट चुनिन लागेकाे हाे ।

नयाँ राष्ट्रपतिको चुनावका लागि  कात्तिक ११ गते अपराहृन ३ बजे व्यवस्थापिका संसदमा गोप्य मतदान हुने भएको छ ।सत्तारुढ दलको तर्फबाट राष्ट्रपतिका लागि एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी र उपराष्ट्रपतिको लागि  एमाओवादीका नन्दबहादुर पुनले उम्मेदवारी दिँदै हुनुहुन्छ ।यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपति पदका लागि   छुट्टै उम्मेदवारी दिने भएकाे छ ।

यसैवीच उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते शनिबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको थियो । सभामुख ओनसरी घर्तीले विशेष कारणवश उपराष्ट्रपति पदको निर्वाचन १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न तोक्नुभएको व्यवस्थापिका–संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २ः३० बजे मतगणना, ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।

प्रकाशित मितिः२०७२ कात्तिक १० गते मङ्गलवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: