महिला खबर
काठमाडौं, कात्तिक १० । सभामुख ओनसरी घर्तीले नीति निर्माणको तहबाट महिला आन्दोलनलाई सहयोग गर्ने बताउनु भएको छ । अन्तर पार्टी महिला सञ्जालले आज आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभामुख घर्तीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ‘ व्यवस्थापिका संसद् सयौं विधेयक पास गर्नुपर्छ । त्यो बेला मैले महिला दिदी बहिनीको अनुहारमा खुशी देख्ने गरी कर्तव्य पुरा गर्नेछु ।’
सभामुखको पदमा बसेर महिलाले काम गर्न सक्छन् भन्ने पुष्टि गर्दै नयाँ आउने महिला नेतृत्वको लागि बाटो तयार गरिदिने बाचा गर्दै घर्तीले भन्नुभयो ‘यो पदमा पुग्न भनेको सिङ्गो महिला आन्दोलनको जित हो ।’ अन्तर पार्टी महिला सञ्जालले सभामुख ओनसरी घर्तीलाई सम्मान गर्नुका साथै देवानी तथा फौजदारी संहिताको संशोधन सम्बन्धि प्रस्ताव पनि हस्तान्तरण गरेको छ ।
सञ्जालका अध्यक्ष शशी श्रेष्ठले सभामुखलाई तीन महले हस्तान्तरण गर्दै भन्नुभयो ‘राज्यको प्रमुख पदमा आलोपालोको नीति पहिलो पटकमै पुरा होला भन्ने सोचेका थिएनौं । तर, महिला आन्दोलनको योगफलको रुपमा सभामुख पायौं,भोलि राष्ट्रपति पाउँदैछौं ।’
उहाँले देवानी तथा फौजदारी संहिताको संशोधन प्रस्ताव पास भए नेपाल महिलाको दृष्टिले हेर्दा दक्षिण एसिया मात्र होइन, विश्वको उदाहरणीय देश हुने बताउनुभयो ।
विद्या भण्डारी के बोल्नु भयो त्यस्तो सभामुखले कल्पना समेत गर्नु भएन ? हेर्नुहोस् भिडियो
प्रकाशित मिति २०७२ कात्तिक १० गते मंगलवार
Comment Here!