आमाको योगदानलाई तुलना गर्नु हुँदैन : कृष्ण धराबासी


चित्रकुमारीलाई ‘आमा सम्मान’

प्रकाशित मिति :2015-10-28 10:36:18

महिला खबर
झापा, कात्तिक ११ । अम्बिका प्रतिष्ठान झापाले भद्रपुर चन्द्रगढीकी ६० वर्षीय चित्रकुमारी कोइरालालाई यो वर्षको आमासम्मान पुरस्कारबाट सम्मानित गरेकाे छ ।   हरेक वर्ष एकजना आमालाई सम्मान गरिने कार्यक्रम अनुसार प्रतिष्ठानले कोइरालालाई उक्त सम्मान गरेको हो ।

प्रतिष्ठानले प्रत्येक वर्ष दसैंमा श्रीमानको सहयोग बिना आफ्ना सन्तानलाई लालनपालन गर्दै समाजमा योग्य नागरिकको रुपमा स्थापित गराउन सफल ६० वर्षीय आमामध्येका महिलालाई आमासम्मानले पुरस्कृत गर्ने गर्दछ ।  सम्मान समारोहमा प्रतिष्ठानका संरक्षक समेत रहनु भएका साहित्यकार कृष्ण धराबासीले आमाको योगदानलाई तुलना गर्न नहुँने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आमा बिना सृष्टि र सृजना हुँदैन । आमा भएर हामीले यो संसार देख्न पाएका छौं । यसर्थ आमा सम्मानका हकदार चित्रदेवी कोइरालालाई आमाको कर्तव्य पुरा गर्नु भएकाले सम्मान गरिएको हो ।’

धराबासीले आमाको साँचो मातृत्वले असल सन्तान समाजमा जन्मिने धारणा राख्नु भयो ।आमा सम्मानले सम्मानित कोइरालाको व्यक्तित्वबारे प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले बोल्नु भएको थियो ।

प्रकाशित मिति २०७२ कात्तिक ११ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: