महिला खबर
काठमाडौं, कात्तिक ११। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई हेरिने परम्परागत दृष्टिकाेणमा ठूलो परिवर्तन आएको बताउनुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएकामा ओलीलाई बधाई दिन मङ्गलवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका अखिल नेपाल महिला सङ्घको केन्द्रीय समितिका पदाधिकारी र महिला नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महिला समानताका विषयलाई प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीले राष्ट्रपतिको उम्मेदवारका रुपमा उपाध्यक्ष विद्यादेवी भण्डारीलाई अघि सारेको, प्रथम महिला सभामुख निर्वाचित भइसकेको भन्दै राज्यको माथिल्लो तहमा महिलाको सहभागिता बढ्नुपर्ने र हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका अध्यक्षसमेत रहनुभएका उम्मेदवार भण्डारीले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै सम्मान गर्नुभएको थियो ।
प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार
Comment Here!