महिला खबर
काठमाडाैं, कात्तिक ११ । नेपालको दोस्रो राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो ।
नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि भएको निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष विद्या भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुुहुन्छ ।
यो मतदान अपराह्न २ बजेसम्म चल्नेछ । मतदान सकिएपछि २ः३० बजेबाट मतगणना सुरु हुने र साँझ ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिने संसद् सचिवालयकाे कार्यतालिकामा उल्लेख छ ।
प्रकाशित मितिः २०७२ कात्तिक ११ गते बुधवार
Comment Here!